नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा प्रसाई
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन्।
नेपाल लाइफ इन्स्योरेन्सको संचालक समितिको २७ माघकाे ३१५औं बैठकबाट प्रसाईलाई सीईओमा नियुक्त गरिएको हो।
सीईओ नियुक्तिपछि स्वीकृतिको लागि संचालक समितिले बिमा समितिमा पठाएको छ। संचालक समितिले सीईओको नियुक्तिसँगै कम्पनीले नयाँ उचाइँ लिने विश्वास गरेकाे छ।
साढे तीन वर्षदेखि नेपाल लाइफसँग आवद्ध रहेका प्रसाईले १ साउनदेखि कार्यवाहक सीईओको जिम्मेवारी सम्हालेका थिए। उनले यसअघि सात वर्ष बिमा समितिमा पनि काम गरेका थिए।