नेपाल लाइफले दिने बोनस र नगद लाभांश पारित
नेपाल लाइफले आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको ३१ प्रतिशत बोनस शेयर र प्रति शेयर रु.२० का दरले नगद लाभांश दिने भएको छ। २८ माघमा वीरगन्जमा सम्पन्न कम्पनीकाे २०औं वार्षिक साधारणसभाले उक्त लाभांश वितरणकाे स्वीकृति दिएको हाे।
बोनश शेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी रु.७ अर्ब १९ करोड ९९ लाख ७० हजार ६६ हुनेछ। यो चुक्तापुँजी बोनस शेयर तथा प्रति शेयर रु.२० (कर सहित) नगद लाभांश वितरणको प्रस्ताव पारित भएको हाे।
बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी अन्य कम्पनीहरुको तुलनामा सबैभन्दा बढी हुने नेपाल लाइफले जनाएकाे छ। नेपाल लाइफका अध्यक्ष गोविन्दलाल संघईले साधारण सभालाई सम्बोधन गर्दै कम्पनीको बीमाशुल्क आम्दानी कुल बीमा बजारको ३०.०९ प्रतिशत रहेको बताए।
संघईले दुई दशकमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई विभिन्न चुनौतीबीच नयाँ उचाइ लिन सकेको बताए। नेपाल लाइफले साना लगानीकर्ताहरूको समेत शेयरमा सहज पहुँचका लागि रु.१०० अंकित प्रतिश शेयरलाई परिवर्तन गरि प्रति शेयर अंकित मूल्य रु.५० कायम गरेको छ। उक्त प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ।