भारतले विद्युत गृहको पानी छाड्दा महाकालीमा फसेका १६ मलामीको उद्धार
कञ्चनपुरकाे भीमदत्त नगरपालिका–१२ भुजेलघाटस्थित महाकाली नदीमा फसेका १६ मलामीको उद्धार गरिएको छ।
भारतको उत्तराखण्ड राज्यको टनकपुरस्थित एनएचपिसीद्वारा सञ्चालित विद्युत गृह सफा गर्न महाकाली नदीमा पानी छाडिएको थियो। त्यहीकारण पानीको बहाव उच्च भएपछि मलामी नदीको बीच भागमा रहेको टापुमा फसेका थिए।
नदीमा मलामी फसेको खबर पाइएपछि विपद् व्यवस्थापन गुल्म महेन्द्रनगरबाट खटिएको प्रहरीको टोली उद्धारका लागि पुगेको थियो। भारतले पूर्वसूचना नदिइ विद्युत गृहको पानी छाडेको बताइएको छ।