जिल्ला जनपरिषद् प्रमुखसहित दुई पक्राउ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना नेतालाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे छन् ।
रिजाललाई गण्डकी गाउँपालिका–७ घ्याल्चोकबाट र पाण्डेलाई भीमसेन थापा गाउँपालिका–६ अश्राङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाण्डेलाई धादिङको एनसेल टावरमा क्षति पुर्याएको आरोपमा मुद्दा दर्ता गरिएको छ ।
रिजाललाई भने राजद्रोह अन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए ।