संवैधानिक निकायको नियुक्तिविरुद्ध सभामुखले दिएको रिटमा आइतबार सुनुवाइ (रिटसहित)
संवैधानिक निकायको नियुक्तिविरुद्ध प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले दिएको रिटमा आइतबार सुनुवाइ हुने भएको छ।
संवैधानिक परिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा ३२ जनालाई नियुक्त गरेकी थिइन्। यसका विरुद्ध सभामुख सापकोटाले रिट दायर गरेका हुन्। सभामुख सापकोटा दिएको रिटमा आइतबार पेसी तोकिएको छ।
रिटमा संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, सदस्यहरु प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई विपक्षी बनाएका छन्। रिटमा संवैधानिक परिषद्ले ५ पुसमा गरेको निर्णय बद गर्न माग गरेका छन्।
सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेपछि ५ पुसमा संवैधानिक परिषद् बैठक बसेको थियो। त्यहि बैठकले संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिश गरेको थियो। बैठकमा सभामुख सापकोटा र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए।