मोबाइलबाटै आर्थिक कारोबारको सेवा दिँदै टेलिकम, डिजिटल पेमेन्ट्स कम्पनी स्थापना
नेपाल टेलिकमले मोबाइलबाटै आर्थिक कारोबारको सेवा दिने भएको छ। टेलिकमले सेवाग्राहीलाई उपलब्ध गराएको मोबाइल नम्बरबाटै अर्को मोबाइल नम्बरमा कारोबार गर्न सक्ने गरी सेवा दिने भएको छ।
टेलिकमले मोबाइल फाइनान्स सर्भिस सञ्चालन गर्न राष्ट्रिय वाणिज्य ब्यांकसँगको संयुक्त लगानीमा डिजिटल पेमेन्ट्स कम्पनी स्थापना गरेको छ। मोबाइलबाटै अधिकांश आर्थिक कारोबार गर्न उक्त कम्पनी स्थापना गरेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी बताउँछन्।
टेलिकमले डिजिटल पेमेन्ट्स अर्थात मोबाइल मनीका लागि चाहिने आवश्यक पूर्वाधारको तयारी गरिरहेकोले छिट्टै औपचारिक आरम्भ गर्ने भएकाे छ।
टेलिकमले सहायक कम्पनीको रूपममा मोबाइल फाइनान्स सर्भिस सञ्चालनको अन्तिम चरणको कार्य गरिरहेको पनि अधिकारी बताउँछन्। टेलिकमले डिजिटल पेमेन्ट्स अर्थात मोबाइल मनीका लागि चाहिने आवश्यक पूर्वाधारको तयारी गरिरहेकोले छिट्टै औपचारिक आरम्भ गर्ने पनि जानकारी दिएको छ।
टेलिकमले मोबाइलबाटै सबै प्रकारका आर्थिक कारोबार गर्न सकिने प्रणालीको विकास गर्दै छ। टेलिकमले विकास गरेको यो प्रविधि नयाँ अनुभव हुने र प्रविधिलाई आत्मसाथ गर्दै जाने पनि अधिकारीले बताएका छन्।
टेलिकमले यो प्रविधिसँगै डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन, नगदरहित समाजको निर्माण र वित्तीय पहुँच विस्तार गरी सुशासन तथा वित्तीय कारोबारमा पारदर्शिता कायम गर्न सकिने पनि उल्लेख छ।