कीर्तिपुर नगरवासीलाई एभरेस्ट ब्यांकको सहुलियत कर्जा
कीर्तिपुर नगरवासीलाई सहुलियतमा कर्जा उपलब्ध गराउँन एभरेस्ट ब्यांक र कीर्तिपुर नगरपालिकाबीच सम्झौता भएको छ।
स्थानीय तहमा सुविधा प्रदान गर्नका लागि स्थानीय सरकारसँगको साझेदारीलाई निरन्तरता दिँदै एभरेस्ट ब्यांकले कीर्तिपुर नगरपालिकासँग कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता गरेको छ।
सम्झौतापत्रमा ब्यांकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र कीर्तिपुर नगरपालिका मेयर रमेश महर्जनले हस्ताक्षर गरेका छन्।
सम्झाैताअनुसार एभरेस्ट ब्यांकले कीर्तिपुर नगरवासीलाई कृषि कर्जा, एसएमई कर्जा तथा शैक्षिक कर्जा उपलब्ध गराउनेछ।