मोबाइल किन्न बिना ब्याज मासिक किस्ताको सुविधा
सानिमा ब्यांकले सामसुङको एस-२१ सिरिजको मोबाइल किन्दा बिना ब्याज मासिक किस्दाबन्दीको सुविधा उपलब्ध गराउने भएको छ।
यसका लागि ब्यांकले निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीको व्यवस्था गरेको छ।
ब्यांकले नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरकहरू आइएमएस स्मार्ट र हिम इलेक्ट्रोनिक्ससँग किस्ताबन्दीको सेवा दिने गरी सम्झौता गरेको हाे।
सामसुङको एस-२१ किन्ने ग्राहकहरुले आइएमएस स्मार्ट र हिम इलेक्ट्रोनिक्सका विभिन्न आउटलेटबाट प्रि-बुकिङ गर्न सक्नेछन्।
यसरी बुकिङ गरिएको मोबाइल २३ माघबाट उपलब्ध हुनेछन्। यसको बजार मूल्य रु.१ लाख १० हजार र रु. १ लाख ३० हजार रहेको छ।