आफू सत्य, बाँकी तमासे !
अहिले प्रधानमन्त्री ओली र उनका ‘साइबर सेना’हरू फरक विचार राख्नेहरू प्रति यति असहिष्णु बनेका छन् कि उनीहरू आफूलाई मात्र सत्य र बाँकीलाई तमासे ठानिरहेका छन् । तर, वास्तविक तमासेबाज त उनीहरू स्वयं हुन् ।
सामाजिक सञ्जाल भनिने ‘इलेक्ट्रोनिक पँधेरा’ को उपभोक्ता नहुनुको एक प्रकारको हाइसञ्चो पंक्तिकार अनुभूत गर्दछ। कानूनी डरका कारण विरोधीमाथि भौतिक आक्रमणका घटना उतिसारो हिजोआज सुनिदैन । बरु ‘ट्रोल’ भनिने ‘साइबर स्पेस’ मा हुने आक्रमण संभवतः अहिलेको सर्वाधिक चल्तीको पदावली हो।
राजनीति चरम रूपमा ध्रुवीकृत हुँदा राजनीतिकर्मी र उनीहरूका समर्थक विपक्षी मात्र होइन, आफूभन्दा भिन्न विचार राख्नेहरू प्रति नै असहिष्णु देखिन्छन् । सामाजिक सञ्जालमा ट्वीटका अम्मली एक मित्र भन्दै थिए– यसो छ्यास्स के लेखेको थिएँ, साइबर सेना र अरिङ्गालेहरू जाइलागिहाले।
मित्रले इङ्गित गरेका 'साइबर सेना' संस्थापन अर्थात् प्रधानमन्त्री खड्गप्रसाद ओलीका साइबर स्पेसका मायावी योद्धा हुन्। अनुहारविनाको यो सेना प्रम ओली र संस्थापनविरूद्धमा कसैले चुँ मात्र बोलेमा झम्टन जाइलाग्दछन् । साइबर सेना मात्र होइन, स्वयं प्रम ओली र उनका बालुवाटारे अनुचरहरू पनि खुल्लमखुला विरोधीप्रति जाइलाग्दै आएका छन् ।
व्यवहारिक रूपमा फुटिसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओली खेमाका नेतृत्वकर्ता ओली स्वयं र पुष्पकमल दाहाल–माधवकुमार नेपाल खेमाका शीर्ष नेताहरूले एक–अर्काविरूद्ध ‘हेट स्पिच’ अर्थात् विषबमन गरिरहेका छन् । यस्तो गालीगलौच सुन्दा लाग्छ, निष्ठाबाट च्यूत नेपाली राजनीति अब संस्कारशून्य बन्दैछ।
सुन्न वा देख्नमा आएकोचाहिँ उनमा नन्–भेज अर्थात् मांसाहारप्रति खास रुचि छ। बन्दाबन्दीको समयमा घर कम्पाउण्डमा दाहालले दाउरामा पकाइरहेको मासुको तस्वीर भाइरल भएको थियो।
केही दिन अघि ऊनै दाहालले शान्तिपूर्ण धर्ना जुलुस परिणाममुखी हुन नसक्ने बताउँदै ‘आफ्नो टाउको चिलाएर हो कि क्या हो, नन्–भेज आन्दोलन गर्नुपर्ने’ मा जोड दिए। तर, दाहालको यो 'नन्–भेज' भनाइ परिकारसँग सम्बन्धित होइन। आधुनिक नेपाल एकीकरणयताको सबैभन्दा हिंसात्मक सशस्त्र द्वन्द्व अर्थात् माओवादी हिंसाको नेतृत्वकर्ता दाहालले द्वन्द्वमा जीवन गुमाएका १७ हजार नेपालीमध्ये पाँच हजारको जिम्मा लिन आफू तयार भएको हाकाहाकी बताएका थिए।
केही दिन अघि ऊनै दाहालले शान्तिपूर्ण धर्ना जुलुस परिणाममुखी हुन नसक्ने बताउँदै ‘आफ्नो टाउको चिलाएर हो कि क्या हो, नन्–भेज आन्दोलन गर्नुपर्ने’ मा जोड दिए। सुन्न वा देख्नमा आएकोचाहिँ उनमा नन्–भेज अर्थात् मांसाहारप्रति खास रुचि छ। बन्दाबन्दीको समयमा घर कम्पाउण्डमा दाहालले दाउरामा पकाइरहेको मासुको तस्वीर पनि भाइरल भएको थियो।
तर, दाहालको यो 'नन्–भेज' भनाइ परिकारसँग सम्बन्धित होइन। आधुनिक नेपाल एकीकरणयताको सबैभन्दा हिंसात्मक सशस्त्र द्वन्द्व अर्थात् माओवादी हिंसाको नेतृत्वकर्ता दाहालले द्वन्द्वमा जीवन गुमाएका १७ हजार नेपालीमध्ये पाँच हजारको जिम्मा लिन आफू तयार भएको हाकाहाकी बताएका थिए।
विपक्षीका प्रत्येक कृत्यलाई तमासा करार दिने प्रम ओली यथार्थमा अहिलेको राजनीतिक मञ्चका सबैभन्दा ठूला तमासाबाज हुन्। ओलीले दाहाल, नेपाल, झलनाथ खनाल वा नारायणकाजी श्रेष्ठमाथि वचनवाण प्रहार गर्नु कुनै अनौठो होइन। तर, आफूप्रति कुनै वैरभाव नराख्ने वा असम्बन्धित व्यक्तिप्रति उनी अकारण असहिष्णु बनिदिन्छन् ।
आफ्नो असहमतिलाई उपयुक्त शब्द वा लक्षणाद्वारा मर्यादित वा परिहासपूर्ण बनाउने मामिलामा ओली नराम्ररी चुक्दछन् । प्रतिनिधि सभा विघटन विरूद्धको रिटमा पैरवी निम्ति स्वेच्छाले सर्वोच्च पुगेका मुलुककै जीवितमध्येका जेष्ठतम् कानून व्यवसायी ९५ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘एकजना बाजे वकिललाई तमासा देखाउन सर्वोच्च अदालत लिएर गएछन्’ भन्दै मानमर्दन गरे। ओलीको कटुवचनद्वारा भण्डारी कतिसम्म आहत देखिए भने उनले इजलासमै ‘के म नटुवा जस्तो देखिन्छु श्रीमान् ?’ भन्दै प्रश्न गरेका थिए।
भण्डारीमाथिको तमासाको आरोपको परिणाम प्रम ओलीका लागि सुखद भने रहेन । यो सहित अदालतको अवहेलना मुद्दामा स्वयं उपस्थित भइ जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ माघमा सर्वोच्च अदालतले आदेश दिएको छ ।
रिट निवेदकहरू वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री ओलीले बोलेका तीन विषयलाई आधार बनाएर अवहेलना मुद्दा हालेका थिए । जसमा, वरिष्ठ अधिवक्ता भण्डारीले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बहस गरेपछि प्रम ओलीले ‘बूढो बाजे वकीलले तमासा गरेको’ भनेकाे, सर्वोच्चमा भइरहेको उक्त मुद्दाको बहसलाई ‘वकीलहरूले फिटेको फिटेकै छन्’ भनेकाे र विचाराधीन मुद्दामा ‘अदालतले (प्रतिनिधि सभा) पुनःस्थापना गर्नै नसक्ने’ भनेकाे आदि छन् ।
आफू र आफ्नावाहेक अरुलाई तमासा देख्ने प्रम ओलीले अब स्वयं सर्वोच्च अदालतमा ‘तमासा’को प्रष्टीकरण दिनुपर्नेछ । देशका प्रधानमन्त्रीका लागि यो लज्जास्पद विषय बन्नुपर्ने हो, तर प्रम ओलीका लागि हुनसक्छ यो अर्को ‘तमासा’ हो ।
चाहे वरिष्ठ अधिवक्ता भण्डारी हुन् वा नागरिक समाज र पत्रकार जगत नै, आफ्ना असंवैधानिक कदम बारे प्रश्नकर्ता सबै उनका निम्ति तमासे हुन् । दाहाल–नेपाल समूहद्वारा आयोजित र्याली र आमसभालाई उनले तमासेले जुटाउने भीड करार गरिदिए।
गत ९ माघमा विपक्षी खेमाद्वारा आयोजित र्यालीलाई साँघुरा गल्लीमा देखाइएको भीड बताउँदै वास्तविक आमसभा कस्तो हुने हो त्यो २३ माघमा देखाइदिने बताए। संसार कोभिड–१९ विरूद्धका खोपका लागि जुटिरहेको बेला ओलीले प्रतिनिधि सभा विघटन गरेर राजनीतिक तमासा त देशमा पहिल्यै निम्त्याइसके।
आफू र आफ्नावाहेक अरुलाई तमासा देख्ने प्रम ओलीले अब स्वयं सर्वोच्च अदालतमा ‘तमासा’को प्रष्टीकरण दिनुपर्नेछ । देशका प्रधानमन्त्रीका लागि यो लज्जास्पद विषय बन्नुपर्ने हो, तर प्रम ओलीका लागि हुनसक्छ यो अर्को ‘तमासा’ हो।
अहिले विश्वका कतिपय मुलुकमा कोभिड–१९ का नयाँ प्रजाति (भेरियन्ट) देखा परेको वा दोस्रो र तेस्रो लहर आउँदै गरेको बेला हाम्रा सरकार प्रमुख भौतिक दूरी बढाउदै संक्रमण रोक्न लागिपर्नु पर्नेमा लाखौं जनता सडकमा उतार्ने प्रतिशोधमा होमिनु एउटा ठूलो तमासाको पूर्वाभ्यास भन्दा के नै हुन सक्छ र?
जब मानिस विवेक गुमाएर अहंकारद्वारा वशिभूत हुन्छ, तब देखिने र देखाउने चीज भनेकै तमासा नै हुन् । जुन अहिले नेपालको राजनीति मञ्च र सडकमा दिनदिनै प्रदर्शित हुँदै आएका छन् ।