ग्लोबल आइएमईले सहकारीको सिफारिसमा सहुलियत कर्जा दिने समझदारी
ग्लोबल आइएमई ब्यांकले चितवको एक सहरकारीको सिफारिसमा किसानलाई सहुलियत कर्जा दिने विषयमा समझदारी गरेको छ। ग्लोबल आइएमई ब्यांंक र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउने गरी साेमबार उक्त समझदारी भएको हाे।
समझदारी पत्रमा ब्यांकको बागमती प्रादेशिक कार्यालय उपप्रमुख विदुर ज्ञवाली र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाबीच हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार ग्लोबल आइएमई ब्यांकले भण्डारा लगायत चितवनका विभिन्न ठाउँहरूमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरा पालन, बङ्गुर पालन, माछा पालन, फलफूलहरूको उत्पादन गर्ने कृषकहरूलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ। भण्डारा सहकारीले ब्यांकको सिफारिसमा साना किसानलाई आवश्यक तालिमको दिने भएको छ।