डा. केआई सिंहको हात कि जुँगामा हुन्थ्यो, कि राइफलमा
डा. केआई सिंहको संगतमा बिताएका क्षण सम्झँदा उनको व्यक्तित्व अनौठो थियो। विद्रोह गरेर चीन भागे। फर्केर आएपछि प्रधानमन्त्री भए। पार्टी खोले। पत्रिका चलाए। उनको व्यक्तित्व कहिले रहस्यमय र कहिले सिनेमा जस्तो लाग्ने। विलक्षण प्रतिभा थिए।
डा. केआई सिंह बेग्लै खालको मान्छे थिए। उनलाई पञ्चायतमा पस्न मन लागेछ। सूर्यबहादुर थापा प्रधानमन्त्री थिए। राजा महेन्द्रसँग सल्लाह भएरै होला डा. केआई सिंहलाई भूतपूर्व सैनिक संगठनमा प्रवेश गर्ने सल्लाह दिएछन्। नेपाली कांग्रेसका नेता सूर्यप्रसाद उपाध्यायलाई नेपाल किसान संगठनमा प्रवेश गराए। रामहरि शर्मा पनि किसान संगठनमा पसे।
अब भूतपूर्व सैनिक संगठनको अधिवेशन दाङको घोराहीमा हुने भयो। डा. सिंह सो सम्मेलनमा सहभागी हुने भएछन्। राष्ट्रिय समाचार समिति (रासस) ले मलाई दाङ पठाउने भयो। संगठनको अध्यक्ष जनरल श्रीधर शमशेर राणा थिए।
दाङ जाँदा डा. सिंह र म एउटै हवाइजहाजमा प¥यौँ। उडान बिहानै थियो। जहाज काठमाडौँबाट पहिला भैरहवा जान्थ्यो। त्यहाँसम्मका यात्रुलाई ओरालेर अरु यात्रु थपेपछि दाङ जान्थ्यो। भैरहवामा डा. सिंहलाई उनका मित्र लक्ष्मीनारायण अधिकारीले हटकेशमा लञ्च ल्याइदिएका थिए। मेरो भने लञ्च ल्याइदिने कोही थिएन।
दाङको घोराहीस्थित एउटा हाइस्कूलमा भूपू सैनिक संगठनको अधिवेशन राखिएको रहेछ। बस्ने, खाने सबै काम त्यहीँ। साँझ खाना खाने वेला भयो। दाल भात त सेलाइसकेछ। डा. सिंहले किक्लिक किक्लिक गला लाग्दै खाना खाए। राजनीति कति अनौठो हुँदोरहेछ, जस्तो पनि सहनुपर्ने भन्ने ठाने, मैले। यो २०२४ साल फागुन चैतको कुरा हो। डा. सिंहसो संगठनको तर्फबाट कहिल्यै राष्ट्रिय पञ्चायत सदस्य भएनन्।
डा. सिंह २०२७ सालमा डोटीबाट निर्वाचित भएर राष्ट्रिय पञ्चायत सदस्य भए। २०३६ सालमा मनोनीत भए। फेरि २०३७ को जनमत संग्रहपछि २०३८ मा रुपन्देहीबाट निर्वाचित भए। सायद उनी फेरि एकपल्ट प्रधानमन्त्री हुन चाहन्थे। तर, भ्याएनन्।
समाचार लिने नयाँ जुक्ति
डा. सिंह ११ साउन २०१४ मा प्रधानमन्त्री भएका थिए। १३ जनाको मन्त्रीमण्डल थियो। सो मन्त्रीमण्डलमा कति जना त ‘राँची रिटर्न’ थिए। त्यो सरकार जम्मा १११ दिन मात्र टिक्यो। राणा शासन ढलेपछि त्यो चौँथो सरकार थियो। राणा शासनमा पनि देवशमशेर चौँथो प्रधानमन्त्री थिए, जो १११ दिन नै टिकेको थियो। ११२औँ दिनमा श्री ३ महाराज देवशमशेर धनकुटा लघारिए।
मेरा अग्रज पत्रकारहरूले मलाई सिकाउनु भएको थियो कि स्रोतसँग समाचार लिने मात्र होइन दिने पनि गर्नुपर्छ। आफूले एउटा समाचार लियो भने स्रोतलाई कम्तिमा तीन वटा दिनुपर्छ। त्यसो भयो भने तपाई जानासाथ तपाइको स्रोत ‘अब समाचार पाउने भए’ भनी प्रसन्न हुन्छ। समाचार लिन आयो भन्ने पर्दैन, भन्थे।
डा. सिंहसँग मेरो राम्रो ‘दोस्ती’ थियो। वेला वेला मलाई भन्थे, “साच्चै तपाईं मेरा परममित्र हुनुहुन्छ।” मेरा अग्रज पत्रकारहरूले मलाई सिकाउनु भएको थियो कि स्रोतसँग समाचार लिने मात्र होइन दिने पनि गर्नुपर्छ। आफूले एउटा समाचार लियो भने स्रोतलाई कम्तिमा तीन वटा दिनुपर्छ। त्यसो भयो भने तपाई जानासाथ तपाइको स्रोत ‘अब समाचार पाउने भए’ भनी प्रसन्न हुन्छ। समाचार लिन आयो भन्ने पर्दैन, भन्थे।
म त्यही नीतिको अनुसरण गर्थेँ। तब म जानासाथ चिया कफी मगाउँथे। म केही न केही समाचार दिन्थेँ। स्रोतसँग समाचार नहुन पनि सक्थ्यो। अमेरिकी विदेशमन्त्री हेनरी किसिञ्जर पाकिस्तानको भ्रमणपछि एकाएक हराए। झण्डै २० घण्टा उनी गायब भएपछि संसारभर खुल्दुली भयो। उनको खवर आयो चीनको तत्कालीन शहर पेकिङबाट। ‘डा. किसिञ्जर पेकिङमा पिङपङ खेलीरहेछन्’ भन्ने खबर अनौठो थियो।
चीन र अमेरिकाबीच पानी बाराबारजस्तो थियो। तर, विदेशमन्त्री त सुटुक्क चीन पुगेछन्। चीन र अमेरिका यस्ता घटना गोप्य राख्न कति सिपालु! संसार छक्क प¥यो। यो समाचार प्रायः सबैलाई चाख लाग्ने थियो।
निद्रा बिथोले पनि जस पाएँ
मैले डा. सिंह, कीर्तिनिधि विष्ट, डा. तुलसी गिरी जस्ता धेरैलाई विदेशमन्त्री किसिञ्जर पेकिङ गएको खबर सुनाएँ। कीर्तिनिधि विष्ट एक जनाले भने ‘मैले सुने नि भैरव बाबु किसिञ्जर पेकिङ गएको, म रेडियो सुन्छु नि’ भने। तर, अरु सबैको लागि त्यो नितान्त नयाँ भयो।
डा. सिंह त मप्रति एकदमै धेरै खुसी भए। किन हो थाहा छैन। त्यही खुसीले उनले मलाई भनेका थिए, “साच्चै तपाई मेरो परम मित्र हुनुहुन्छ।”
२०२४ सालमा सबै वर्गीय संगठनबाट एकैपल्ट राष्ट्रिय पञ्चायतको चुनाव हुने भयो। किसान संगठनको मात्र सम्मेलन र निर्वाचन काठमाडौँमा थियो। बाँकी सबैको काठमाडौँबाहिर। काठमाडौँमा हुने सम्मेलन बलम्बुस्थित पञ्चायत प्रशिक्षण कार्यशालामा थियो। म त्यहीँ खटिएँ।
साँझ अबेरसम्म मतदान भयो। त्यसपछि मतगणना हुन थाल्यो। परिणामको समाचार दिनु थियो। रातभर जाग्राम हुनु प¥यो। मैले किन हो कुन्नी ‘अब नेताहरूको निद्रा बिथोल्छु’ भन्ने सोचेँ। बिहानपख ३ बजेतिर रासस आएँ। समाचार बनाएँ। अनि नेताहरूलाई फोन गर्नतिर लागेँ।
रामहरि शर्मा र नयनबहादुर स्वाँरले पनि किसान संगठनको चुनाव जितेका थिए। अनि मैले नेताहरुलाई “किसान संगठनको रिजल्ट थाहा पाउनु भयो?” भनेर सुनाउन थालेँ। डा. केआई संह, कीर्तिनिधि विष्ट, सूर्यप्रसाद उपाध्याय, तुलसी गिरी, विश्वबन्धु थापा, शैलेन्द्रकुमार उपाध्यायलगायतलाई सुनाएँ।
बिहानको मीठो निद्रामा भएकाहरूलाई उठाएर सुनाउँदा पनि कोही झर्केनन्, रिसाएनन्। बरु प्रायः सबैले गुन माने। म उनीहरूको मान्छे भएँ। यो पत्रकारिताको पेशा नै यस्तो। खास गरी नेताहरु यस्तो गरेकोमा गुन मान्ने। मैले निद्रा बिथोले पनि जस पाएँ।
डा. केआई सिंह धेरै वर्ष पुतली सडकमा बसे। त्यसपछि पुल्चोक र पाटनढोका जाने दोबाटो पश्चिममा बसे। ती दुवै घर उनको आफ्ना होइनन्। भाडाका हुन्। उनी बन्दुक मन पराउँथे। म जहिले जाँदा पनि त्यही बन्दुक सुम्सुम्याइरहेका हुन्थे।
दरबारको गल्तीमा मसँग रिसाए
डा. सिंहको व्यक्तित्व अनौठो। नाटकीय र प्रहसन गर्न सक्ने। उनी प्रधानमन्त्री नहुँदासम्म भन्ने गर्थे, “म प्रधानमन्त्री भएँ भने मोहर माना चामल खुवाउँछु।” आखिर प्रधानमन्त्री पनि भए। प्रधानमन्त्रीले मोहोर माना चालन खुवाउन सकेनन्।
उनले २०१५ सालको आम निर्वाचनमा धाँधली भएकोले रद्द हुनु पर्ने माग गर्दै प्रधानन्यायालयमा मुद्दा हाले। आफ्नो पक्षमा बहस गर्न भारतबाट प्रसिद्ध कानून व्यवसायी ल्याएका थिए। तर बहस आफैंले गरे। त्यो मुद्दाबारे हालखबर दैनिकले विस्तृत रिपोर्टिङ गरेको थियो। त्यसैले उनी हालखवरसँग खुशी थिए।
मोहोर भनेको ५० पैसा हो। चामल मानाको एक रुपियाँ पथ्र्यो। जनताको भाषामा एक रुपियाँ मोहोर भन्ने पनि चलन थियो। तब उनी भन्न थाले एक रुपियाँ मोहोर भनेको।
उनी ८ माघ २००८ मा विद्रोह गरेपछि चीन पलायन भएका थिए। उनको विद्रोहलाई समर्थन गरेको बहानामा सरकारले १० माघ २००८ मा नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगायो। तर, पाँच वर्ष ६५ दिनपछि ४ वैशाख २०१३ मा कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हट्यो। डा. सिंहले पनि माफी पाएर प्रधानमन्त्री नै बने।
उनीसँग के–के भएर हो राजा रिसाएछन्। अनि प्रधानमन्त्रीबाट राजीनामा दिए। राजदरबारबाट प्रकाशित विज्ञप्तिमा प्रधानमन्त्रीले राजिनामा दिएकोले मन्त्रिमण्डल विघटन भएको उल्लेख थियो। राजीनामा आएपछि त ‘स्वीकृत भयो’ भन्नु पर्ने। तर, मन्त्रीमण्डल भंग भयो भनेको कुरा मिलेको थिएन। म भोलिपल्ट उनलाई भेट्न गएँ। रिसाएका रहेछन्। ‘यही हो पत्रकारिता? राजीनामा स्वीकृत भएको भन्नु पर्नेमा किन विघटन?’ भनेर झपारे।
उनले २०१५ सालको आम निर्वाचनमा धाँधली भएकोले रद्द हुनु पर्ने माग गर्दै प्रधानन्यायालयमा मुद्दा हाले। आफ्नो पक्षमा बहस गर्न भारतबाट प्रसिद्ध कानून व्यवसायी ल्याएका थिए। तर बहस आफैंले गरे। त्यो मुद्दाबारे हालखबर दैनिकले विस्तृत रिपोर्टिङ गरेको थियो। त्यसैले उनी हालखवरसँग खुशी थिए।
उनी राजसभा स्थायी समितिको सभापति पनि भए। यी सबै घटना सम्झँदा उनको व्यक्तित्व अनौठो खालको थियो। चीनबाट फर्केपछि संयुक्त प्रजातन्त्र पार्टी खोले। ‘संयुक्त प्रयास’ पत्रिका चलाए। २०१५ सालको आम निर्वाचन उनी स्वयंले पनि हारे। तर, उनको पार्टीका पाँच जनाले जितेका थिए। उनी डोटी दक्षिण निर्वाचन क्षेत्र नं ७१ बाट शिवराज पन्तसँग चार हजार २७० मतले पराजित भएका थिए।
डा. सिंहको व्यक्तित्व कहिले रहस्यमय त कहिले सिनेमा जस्तो लाग्ने, विलक्षणको थियो। पछि उनीसँग मेरो भेट बढी नै हुन थाल्यो। मेरो रिपोर्टिङ उनलाई मन पथ्र्यो। मैले भेट्दा उनको हात कि जुँघामा कि बन्दुकमा हुन्थ्यो। कि जुँघा मुसारिरहन्थे, कि राइफल सुम्सुम्याइ रहन्थे।