थारुबारे यथार्थ के ? भ्रम के ?
‘थारुहरू जंगलमा बस्छन्, असभ्य छन्’ अहिले पनि काठमाडौं र शहरका मानिस आफूहरूबारे यस्तै धारणा राख्ने गरेकोमा थारु समुदायको चित्त दुखाई छ । वास्तवमा को हुन् त थारु ? थारुबारे यथार्थ के हो ? भ्रम के हो ?
नेपालको पाँच प्रतिशत जनसंख्या थारु समुदायको छ । यसरी हेर्दा यहाँका प्रत्येक २० मध्ये एक जना मानिस थारु हुन्छन्।
गुरुङ, लिम्बू र नेवाःको भन्दा थारुको जनसंख्या बढी छ । यति हुँदाहुँदै पनि अधिकांश नेपालीलाई थारु संस्कृति र इतिहासबारे खास जानकारी छैन । उनीहरूबारे बताइएका र सुन्नमा आएका थुप्रै कुरा गलत र भ्रामक छन् ।
माघको पहिलो दिनलाई थारुहरू “माघी’ भन्दै नयाँ वर्षका रूपमा मनाउँछन् । चितवनका थारुहरू ‘पोका वा अनदीकाे भात’ (विशेष प्रकारको चिप्लो खालकाे चामल, जसलाई केराको पातमा बाँधेर अँगेनामा पकाइन्छ) खाएर नयाँ वर्ष मनाउँछन् ।
पश्चिम नेपालका दंगौरा थारुहरू पनि भोजभतेर र नाचगानसहित माघी मनाउँछन् । यही दिन उनीहरू आफ्नो समुदायको नयाँ नेतृत्व जसलाई बर्घर भनिन्छ, चुन्छन् ।
१ माघमा नै थारु कामदारले आफ्ना मुली, जो थारु वा पहाडी मूलका पनि हुन सक्छन्, सँग काममा निरन्तरता दिने वा अन्यत्र लाग्ने भन्ने पनि निक्र्योल गर्छन् । सन् १९५० अघिसम्म उनीहरूलाई आफ्नो कामका शर्त आफैं तोक्न अलि बढी सहज थियो । मधेशमा औलो महामारीका कारण मजदुर पाउन मुस्किल परेपछि त्यो सहजता खुम्चियो ।
मधेसमा विभिन्न किसिमका थारु समुदायको बसोबास छ । उनीहरू प्रत्येकको आफ्नै भाषा छ । पूर्वी मधेसमा कोचिला, मध्य क्षेत्रमा चितवन थारु र पश्चिममा दंगौरा, देशौरिया र राना भाषा बोलिन्छ । मानवशास्त्री अर्जुन गुणरत्नेले नेपालका थारुबारे ‘मेनी टङ्स्, वान पिपलः द मेकिङ अफ थारु आइडेन्टिटी इन् नेपाल’ किताब लेखेका छन् ।
थारुहरू मधेसको अधिकांश भूभागका सबैभन्दा पुराना आदिवासी हुन् । बेलाबखत औलोले सताउने भए पनि हिमाली र पहाडे समुदायका तुलनामा उनीहरूमा यसको असर कम देखिन्छ । सन् १९६० को औलो उन्मूलन कार्यक्रमले थारुहरूको जीवनमा ठूलो परिवर्तन ल्याइदियो ।
जस्तो कि सन् १९५५ मा चितवनमा २५ हजार जनसंख्या रहेका बेला त्यहाँ लगभग शतप्रतिशत थारु (बोटे र दराईजस्ता केही सम्बन्धित समुदायसहित) को थियो । तर, सन् १९७० सम्ममा त्यहाँ १ लाख २५ हजार प्रवासी भित्रिएसँगै थारुहरूको संख्या १४ प्रतिशतले घट्यो ।
चितवन, सौरहा छेउको चितवन थारु सांस्कृतिक संग्रहालयका निर्देशक वीरेन्द्र महतोका अनुसार टुरिस्ट गाइड र होटल सञ्चालकहरूले थारु समुदायबारे धेरै असत्य फैलाए ।
“उनीहरू धेरैजसो हामीलाई तल राखेर कुरा गर्छन्,” महतो भन्छन्, “राष्ट्रिय प्रकृति संरक्षण कोषले नयाँ गाइडहरूलाई तालिम दिइरहेको छ । तिनलाई चाहिँ अलि गतिलो जानकारी होला ।”
थारु समुदायबारे विद्यमान केही भ्रमबारे यहाँ चर्चा गरिएको छः
भ्रम १ः थारुहरू पहिले शिकारी थिए ।
सत्यः थारुहरू सँधै किसान थिए, जो पशु तथा मत्स्यपालन गर्थे तर कहिल्यै शिकार गरेनन् ।
जिसाल क्राउस्कोप्फले ‘द किङ्ग्स अफ नेपाल एन्ड द थारु अफ द तराई’ पुस्तकमा लेखेकी छन्, “शिकारी संस्कृतिसम्बन्धी थुप्रै किताबमा थारुहरूको शिकार संस्कारबारे लेखिएको छ । ‘जंगली फिरन्ते जाती’ माथि लेखिएका ती किताब पूर्वाग्रही छन् । शिकार गर्नु वा भोजनका लागि शिकार खेल्नु थारुहरूको जीवनशैली होइन ।
उनीहरूलाई ‘प्राचिन जंगलका असभ्य फिरन्ते जाती’ का रूपमा वर्णन गरिएको थियो जुन कुरा सही होइन ।
... भोजन र उनीहरूबीचको सम्बन्ध धान खेती र माछापालनसँग मात्रै जोडिएको छ । थारुहरू जंगलनजिकै बस्थे तर जंगलभित्र होइन । थारुहरु जंगलमा नभइ जंगलनजिकै बस्ने गर्दथे । उनीहरु जंगल फडानी गर्ने पहिलो र अग्रपंक्तिका जाति थिए।”
भ्रम २ः थारुहरू प्राचिन मधेशको घना जंगलभित्र बसोबास गर्थे ।
सत्यः थारुहरू जंगलमा होइन, जंगलनजिक बस्थे । अक्सर घाँसे मैदानछेउ बस्थे जहाँ समयक्रममा जंगल बढ्दै र नासिँदै गयो ।
क्राउस्कोप्फ लेख्छिन्, “अन्य क्षेत्रसँग तुलनात्मक रूपमा अलग रहेको र औले फैलिएको मधेसका आदिवासी थारुबारे १९ औं र २० औं शताब्दीका पूर्वाग्रही अध्येताले गलत चित्रण गरेका थिए ।
उनीहरूलाई ‘प्राचिन जंगलका असभ्य फिरन्ते जाती’ का रूपमा वर्णन गरिएको थियो जुन कुरा थारु समुदाय र मधेस दुवैबारे सही होइन । मधेसमा दुई हजार वर्षको समयावधिमा विभिन्न राज्य उदाउने–अस्ताउने काम भयो । राजनीतिक अवस्थाका कारण खेती–किसानी विस्तार हुँदै जाँदा जंगल फडानी बढ्यो ।’
भ्रम ३ः थारुहरू असभ्य वा जंगली हुन् ।
सत्यः थारुहरूले तराईको वातावरणमा आफूलाई ढाल्न धेरै सिर्जनशील उपायहरू अपनाए ।
तेस्रो भ्रमअनुसार त थारुहरू जनावारभन्दा थोरै मात्र बाठा वन–डुलुवा हुन् । उनीहरूसँग ज्ञान र कौशलको अभाव छ । उनीहरू जंगली उत्पादन संकलन गर्छन्, विवेक प्रयोग गर्दैनन् । उनीहरू किसानी गर्दैनन् । बाहिरी दुनियाँबारे वास्ता राख्दैनन् । कपडा लगाउनका लागि उनीहरू लायक छैनन् किनभने उनीहरू अत्यन्तै पछाडी छन् ।
“काठामाडौं र पोखराका कतिपय मान्छेहरू अझै पनि हामीलाई असम्भ मान्छन्,” संग्रहालयका निर्देशक महतोले भने, “उनीहरूको बुझाइमा थारुहरू जंगलमा बस्छन् । थुप्रै पहाडे मान्छेलाई मधेशबारे जानकारी नै छैन ।”
वास्तवमा, थारुहरूले मधेसको वातावरण सुहाउँदा थुप्रै कौशल विकास गरेका छन् । कृषि, सिँचाइ, घर निर्माण, माछा पालन, हस्तकला, जडिबुटि, सागपात, प्रसुती–विद्या, काष्ठ कला र पशुपालनजस्ता कौशल उनीहरूले विकास गरेका हुन् । यी सबैका लागि वातावरण सुहाउँदो र गहन ज्ञानको आवश्यकता पर्छ ।
बसाइ सरेर आउनेहरूले थारुहरूबाटै सिँचाइ, जंगली जनावर र मधेसको कृषि प्रणालीबारे ज्ञान लिए । केहीले त थारु भाषासमेत सिकेर त्यहाँका आदिवासी र उनीहरूको चालचलनको सम्मान पनि गरे ।
“मधेसको वातावरण बुझ्न थारुहरू सिपालु नभएका भए उनीहरू यहाँ बाँच्नै सक्दैन थिए,” महतो थप्छन्, “सिँचाइ, कृषि, हर्बल जडीबुटी र माछापालनबारे उनीहरूसँग ज्ञान थियो । उनीहरू थुप्रै कुरामा कुशल थिए जुन शिष्ट र सभ्य थियो ।”
जब पहाडी क्षेत्रका मानिसहरू चितवनलगायत मधेसी भूमिमा आउन थाले, उनीहरूले थारुलाई गलत रूपमा बुझे । यस्तो किन भयो भने थारुहरूको आफ्नै विशिष्ट आनीबानी थियो र तिनको आफ्नै भाषा थियो । बसाइ सरेर आउनेहरूले थारुहरूबाटै सिँचाइ, जंगली जनावर र मधेसको कृषि प्रणालीबारे ज्ञान लिए । केहीले त थारु भाषासमेत सिकेर त्यहाँका आदिवासी र उनीहरूको चालचलनको सम्मान पनि गरे ।
भ्रम ४ः थारुलाई कहिल्यै औलो लागेन ।
सत्यः औलो लाग्ने र यसबाट ज्यान गुमाउनेहरूमा अन्य समुदायको तुलनामा थारुहरू कमै थिए । तर, बालबालिकाको हकमा यो लागू भएन ।
अधिकांश बाहिरी समुदायका मानिस र केही थारुहरू नै पनि थारुलाई कहिल्यै औलो लागेको थिएन भन्ठान्छन् । उनीहरू के पनि भन्छन् भने थारुलाई औलो नलाग्नुको कारण उनीहरूले शंखे किरा, चामलको जाँड र पिरो खुर्शानी खाने भएर हो । तर, यो साँचो होइन । औलोको ज्वरो र कामज्वरोबारे पाका थारु बा÷आमालाई सोधे हुन्छ ।
थारुहरूलाई पनि औलो लागेको थियो । यसबाट कतिले ज्यान गुमाए । “औलोविरुद्ध प्रतिरोध हासिल गर्न जतिसुकै प्रतिरोधात्मक समुदायलाई पनि केही समय लाग्छ भन्ने कुरा बिर्सन मिल्दैन,” क्राउस्कोप्फ लेख्छिन्, “औलो ज्वरोका कारण थुपै्र थारु बालबालिका मरे ।”
पहाडे समुदायको तुलनामा थारुहरूलाई कम मात्रामा औलोको संक्रमण भएको चाहिँ सत्य हो । उनीहरूमा अनुवांशिक प्रतिरोधात्मक क्षमता थियो । थारुहरूमा अल्फा थालासेमियाको मात्र बढी हुन्छ । यो यस्तो जननिक ढाँचा हो जुन औलो फैलिएको क्षेत्रमा लामो समय बसोबास गरेपछि विकास हुन्छ । यसले भीभाक्स र फल्सिपरम दुवै किसिमका औलोको जोखिम घटाएर मृत्युदर १० गुणा कम गरिदिन्छ ।
थारुहरूले औलो विरुद्धको प्रतिरोधात्मक क्षमता हासिल गरेका थिए । एक-दुई पटक औलो लागेर सन्चो भएको मान्छेले त्यसपछिका संक्रमणविरुद्ध लड्न सक्छ । तर, यो समुदायमा औलोका कारण बाल मृत्युदर उच्च थियो ।
कहिलेकाहीँ बाह्य समुदायका मानिस र कहिले त थारुहरू नै पनि आफूहरूको समुदायलाई कहिल्यै औलो लागेन भनिरहेका हुन्छन् । उनीहरू दुवै गलत हुन् । यसबारे थारुहरूसँगै कहिलेकाहीँ मेरो विवाद हुन्छ । उनीहरू मलाई नचाहिने कुरा किन गर्छस् भन्छन् । धेरैजना राजनीतिको शिकार भएका छन् । पाका थारुहरू आफूलाई औलो लागेको बताउँछन् ।
सन् १९६२ मा एक पत्रकारले भनेका थिए, “औलोका कारण सयौं गाउँहरूमा बालबालिकाको जनसंख्या उनीहरूको जीवनको पहिलो वर्षका लागि मात्रै सिमित रहेको देखियो । यस्तो लाग्थ्यो मानौ लामखुट्टेहरू नवजात शिशुका नामको सूची नै लिएर उडिरहेका हुन्छन् ।”
महतो भन्छन्, “कहिलेकाहीँ बाह्य समुदायका मानिस र कहिले त थारुहरू नै पनि आफूहरूको समुदायलाई कहिल्यै औलो लागेन भनिरहेका हुन्छन् । उनीहरू दुवै गलत हुन् । यसबारे थारुहरूसँगै कहिलेकाहीँ मेरो विवाद हुन्छ । उनीहरू मलाई नचाहिने कुरा किन गर्छस् भन्छन् । धेरैजना राजनीतिको शिकार भएका छन् । पाका थारुहरू आफूलाई औलो लागेको बताउँछन् ।”
थारुलाई पनि अलिअलि औलो लागेको थियो भन्ने कुरा र सन् १९५० र ६० को औलो तथा पुनर्वास कार्यक्रमलाई लिएर पनि धेरै मिथ्य कुरा फैलिएका छन् जसले थारुहरूको भावनालाई बेवास्ता, बेपर्वाह र नजरअन्दाज गरेको भुल्न मिल्दैन ।
भ्रम ५ः थारु समुदायको अन्य नेपाली समाजसँग सम्पर्क थिएन ।
सत्यः सन् १९६० अघिसम्म थारु समुदायले अन्य नेपाली समुदाय र सरकारसँग निरन्तर अन्तरसंवाद गरेको थियो ।
पर्यटन प्रचार पुस्तिकाहरूमा थारु समाजलाई अक्सर ‘सभ्यताले नछोएको’, ‘असामायिक’, ‘एकांतवासमा रहेको’, ‘अर्कै समयमा बाँच्ने’ वा ‘विकास र सभ्यताले भुलेको’ भनी वर्णन गर्ने गरिएको पाइन्छ । यसमा कुनै सत्यता छैन ।
औलोको समयमा समेत उत्तर र दक्षिणका आफ्ना छिमेकी समुदायसँग थारुहरू निरन्तर सम्पर्कमा थिए । उत्तरका व्यापारीहरू हरेक जाडो याममा मधेस आउँथे ।
यति हुँदाहुँदै पनि औलोका कारण थारुलाई बाहिरी समूहसँग बातचित गर्न केही सिमितता भने आइपरेको थियो । यसले उनीहरूको स्वायत्ततालाई फक्रिन दिएन ।
थुप्रै ठाउँमा थारुहरू पहाडे मालिकका लागि काम गर्ने गर्थे । नेपालका तत्कालिन शासकहरूका लागि पनि थारुहरूले बस्नलायक नयाँ जमिन बनाउने र कर संकलकका रूपमा काम गरेको इतिहास छ ।
राणा र अन्य सभ्रान्तहरू शिकार खेल्ने क्रममा थारुहरूको बस्ती भ्रमण गर्थे । सडक निर्माण, खाद्यान्न वितरण, हात्ती सयर र बाघ पत्ता लगाउन उनीहरू थारुको भर पर्थे ।
यति हुँदाहुँदै पनि औलोका कारण थारुलाई बाहिरी समूहसँग बातचित गर्न केही सिमितता भने आइपरेको थियो । यसले उनीहरूको स्वायत्ततालाई फक्रिन दिएन ।
थारु जनजीवनको थप गहिराई र गहनता बुझ्ने इच्छा भए यस लेखमा उद्धृत किताबहरूबारे पढ्न सकिन्छ । सौरहा छेउको चितवन थारु संग्रहालयको भ्रमण गरे पनि भयो । केही ढिलै भए पनि नयाँ वर्ष, माघीको शुभकामना ।
थारु सम्बन्धी अमेरिकी अल्पज्ञान, १९५९
यी तस्बीरमा थारुहरूको कृषि प्रद्वति र आधुनिक ‘वैज्ञानिक’ कृषिको तुलना गरिएको छ । सन् १९५९ मा अमेरिकी सरकारले चितवन र नेपाललाई दिएको सहायतासम्बन्धी प्रकाशन गरेको पुस्तकको बाहिरी पृष्ठमा यी तस्बीर छापिएका थिए ।
त्यो बेला अमेरिकाले चितवनमा बृहत् पुनर्वास कार्यक्रम सञ्चालन गरेको थियो । अमेरिकी अधिकारीले चितवनका थारुलाई थोत्रो विगतका थोत्रे पुस्ता ठानी गलत रूपमा बुझे । यी तस्बीरले जनाएअनुसार अमेरिकी मध्यपश्चिम क्षेत्रसरह चितवन उपत्यका पनि अनुत्पादक ‘पिछडा’ संस्कृतिबाट उच्च–उत्पादनमुखी, विज्ञानमा आधारित सम्भ समाजतर्फ उन्मुख छ ।
यो तस्बीरले के पनि बुझाउँछन् भने नयाँ नेपालका लागि थारुले निकै कम योगदान पु¥याउन सक्छन् । यो बिलकुल गलत हो । थारुले प्रवासीहरूलाई धेरै कुरा सिकाए । केही नयाँ तौरतरिका सफल भए भने केही असफल भएर र तिनले वातावरणीय समस्या सिर्जना गरे ।
थारु इतिहास धुमिल हुन नदिने प्रमाण
सिपालु थारु माउतेहरूबिना राणाहरूले शिकार खेल्ने काम सम्भव हुने थिएन भन्ने कुरा सन् १९१३ मा खिचिएको राजा त्रिभुवनको राज्यभिषेक समारोहको यो तस्बिरले प्रस्ट्याउँछ ।
राणाहरूलाई यात्रामा सघाए पनि थारुहरू आफू चाहिँ विरलै शिकार गर्थे । बरु उनीहरूको ध्याउन्न खेती, किसानी, बाख्रा र भैंसी चराउने, माछा पालन, साना जनावरलाई पासोमा पार्ने, जडिबुटी संकलन, चरण वा जंगलबाट अन्य संसाधन बटुल्ने आदिमा थियो ।