ग्लोबल आइएमईकाे ललितपुरमा नगदरहित कारोबार प्रवर्द्धन
ग्लोबल आइएमई ब्यांकले ललितपुरको नख्खु बजार क्षेत्रमा नगदरहित कारोबार प्रवर्द्धन कार्याक्रम आयोजना गरेको छ।
ब्यांकले क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसलहरुमा क्यूआर कोडमार्फत नगद रहित भुक्तानी प्रवर्द्धन कार्यक्रमको उद्घाटन गरेका हुन्।
नगदरहित कारोबार प्रवर्द्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले ब्यांकले क्यूआर कोडमार्फत हुने विद्युतीय कारोबार प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको हो।
ब्यांकले आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहनका कार्यक्रमहरू गर्ने र यस किसिमका विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्न थप कार्यक्रमहरु आयोजना गर्ने बताएको छ। क्यूआर मर्चेन्टहरूलाई विद्युतीय भुक्तानी सम्बन्धी चेतनामूलक अनलाइन तालिमको सुरुवात समेत ब्यांकले गराएको छ।