होन्डा सिटीका दुई भेरियन्ट सार्वजनिक
नेपालका लागि होन्डा गाडीको बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होन्डा सिटीको पाँचौं जेनरेसन नेपाली बजारमा भित्र्याएको छ ।
याे होन्डा गाडीको लम्बाई र चौडाई अघिल्लो जेनरेसनभन्दा बढी छ । होन्डा सोलिड विइङ्ग फेस डिजाइनमा आधारित होन्डा सिटीमा वान टच इलेक्ट्रिक सन्रुफ, सार्क फिन् एन्टेना, फुल एलईडी हेडल्याम्पका साथै ९ एरे इनलाइन सेल इन्टिग्रेटेड एलईडी डीआरएल, एल आकार एलईडी टर्न इन्डिकेटर, जेड आकार थ्रीडी -याप अराउण्ड य्निफर्म एलईडी साइड मार्क लाइटजस्ता विशेषता छन् ।
यस सेग्मेन्टमा एलेक्सा भ्वाईस सर्भिसमार्फत् कार उपभोक्तालाई सामाजिक र डिजिटल संसारसँग जोड्ने प्रयास गरिएको छ ।
यसको माइलेज पनि उत्कृष्ट छ । लेन वाच क्यामेरा जडान गरिएको होन्डा सिटीको यो पहिलो सेडान कार हो । यसले पार्किङ सहज गराउँछ । आई–एसआरएसयुक्त ६ एयर ब्याग रहेको कार आफ्नो सेग्मेन्टको सबै भन्दा सुरक्षित कार हो ।
माघ ५ गते धोबिघाट सोरुमबाट होन्डा सिटीका दुई भेरियन्ट– होन्डा भीएक्स सीभीटी र जेडएक्स सीभीटी सार्वजनिक गरएका थिए । होन्डा भीएक्स सीभीटीको मूल्य ६५ लाख ९० हजार र होण्डा सिटी जेडएक्स सीभीटीको मूल्य ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।