इन्टरनेट प्रयोगकर्ता साढे २३ लाखले बढे, बन्दाबन्दीले ब्रोडब्याण्डतर्फ आकर्षण
नेपालमा द्रूत गतिको इन्टरनेटका प्रयोगकर्ता बढेका छन्। गएकाे चैतदेखि कात्तिकसम्मकाे सात महीनामा मोबाइल इन्टरनेट, ब्रोडब्याण्ड लगायतका ग्राहक २३ लाखभन्दा धेरै बढेका छन्।
सूचना प्रविधिको माध्यमबाट काम गर्ने परिपाटी बढेको र ११ चैत २०७६ को बन्दाबन्दीपछि धेरैजसाे कार्यालयकाे काम घरबाटै गर्न थालिएपछि नेपालमा इन्टरनेको प्रयोगकर्ता बढेका छन्। वैशाख–कात्तिक २०७७ सम्ममा नेपालमा करीब साढे २३ लाख (२३ लाख ४४ हजार ६०३) प्रयोगकर्ता बढेका छन्।
बन्दाबन्दीपछि गएकाे वैशाखमा इन्टरनेट प्रयोगकर्ता तीन लाख ६ हजार घटेका थिए। यो समयमा मोबाइलबाट इन्टरनेट चलाउने फोरजी प्रयोगकर्ता पनि तीन लाख घटेका थिए।
नेपाल दूरसञ्चार प्राधिकरणले पुस मसान्तमा सार्वजनिक गरेको कात्तिकसम्मको तथ्यांक अनुसार बन्दाबन्दीको पहिलो महीना चैतको तुलनामा वैशाखमा इन्टरनेटको प्रयोग कम भएको थियो। बन्दाबन्दी लम्बिदैँ गएको र घरमै बसेर काम गर्ने, कार्यालयदेखि विद्यालयको काम पनि अनलाइनबाटै गर्न थालिएपछि भने ब्रोडव्याण्ड इन्टरनेट प्रयोगकर्ता हरेक महीना बढ्दै गएका छन्।
गएकाे वैशाखको तुलनामा कात्तिकमा नेपालमा २३ लाख इन्टरनेट प्रयोगकर्ता बढेर कुल प्रयोगकर्ताको संख्या ६३ लाख ३२ हजार पुगेको छ। वैशाखदेखि कात्तिकसम्ममा चौंथो पुस्ताको मोबाइल इन्टनरेट फोरजी प्रयोगकर्ता १८ लाख १६ हजारले बढेका छन्।
चैत २०७६ मा नेपालमा ४८ लाख २१ हजार इन्टरनेट प्रयोगकर्ता थिए। गएकाे वैशाखामा भने तीन लाख पाँच हजारले घटेर ४५ लाख १६ हजार भएको पनि तथ्यांकले देखाउँछ। त्यसपछि जेठदेखि कात्तिकसम्म हरेक महीना इन्टरनेट प्रयोगकर्ता बढ्दै गएका छन्।
दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार वैशाखको तुलनामा कात्तिक २०७७ मा नेपालमा २३ लाख इन्टरनेट प्रयोगकर्ता बढेर कुल प्रयोगकर्ताको संख्या ६३ लाख ३२ हजार पुगेको थियाे। वैशाखदेखि कात्तिकसम्ममा चौंथो पुस्ताको मोबाइल इन्टनरेट फोरजी प्रयोगकर्ता १८ लाख १६ हजारले बढेका छन्।
हाल मोबाइलबाटै फोरजी चलाउने प्रयोगकर्ता ६३ लाख ६२ हजार छन्। यसमध्ये नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरेर फोरजी चलाउने प्रयोगकर्ता २० लाख ४९ हजार छन्। एनसेलका प्रयोगकर्ता ४० लाख ८२ हजार छन्। बाँकी दुई लाख प्रयोगकर्ता स्मार्ट टेलिकमका छन्।
नेपालमा फोरजी प्रयोगकर्ता बढ्दै जाँदा थ्रीजीका प्रयोगकर्ता भने चार लाख १७ हजारले घटेका छन्। थ्रीजी प्रयोगकर्ताले सिमकार्डलाई फोरजीमा सक्रिय बनाउने, मोबाइल सेट परिवर्तन गरेर फोरजी एक्टिभ गराउने गरेका कारण थ्रीजी प्रयोगकर्ता घटेर फोरजी बढ्दै गएको सेवाप्रदायकको भनाइ छ।
हाल ५० लाख प्रयोगकर्ताले इन्टरनेट सेवाप्रदायक कम्पनीमार्फत ब्रोडव्याण्ड इन्टरनेट सेवा लिएका छन्। विभिन्न इन्टरनेट सेवाप्रदायक कम्पनीले दिएको यस्तो सेवा लिने चैतपछि कुनै महीना बढ्ने र कुनै महीना बढेको भने देखिन्छ।
वैशाखदेखि कात्तिकसम्ममा इन्टरनेट प्रयोगकर्ता सात लाख ८२ हजार सेवाग्राही बढेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। प्राधिकरणले तथ्यांक अनुसार कात्तिकमा मात्रै एक लाख ५४ हजार र असोजमा एक लाख पाँच हजार प्रयोगकर्ता बढेका छन्।
भदौमा दुई लाख १९ हजार र साउनमा ७६ हजार इन्टरनेटका प्रयोगकर्ता घटेका देखिन्छ। सोही तथ्यांकमा असारमा एक लाख ७३ हजार र जेठमा ७६ हजार प्रयोगकर्ता बढेको पनि तथ्यांकले देखाएको छ।
प्रयोगकर्ता र प्रयोग दुवै बढे
इन्टरनेटमा कन्टेन्ट हेर्ने, भिडियो हेर्ने तथा खपत बढी भइरहेकोले पनि ग्राहकले प्रयोग बढाएको सेवाप्रदायकको भनाइ छ। इनटरेटमा बसेर काम गर्नुपर्ने र इन्टरनेटबाटै दैनिकी काट्नुपर्ने प्रयोगकर्ताका कारण बन्दाबन्दीपछि नेपालमा इन्टरनेटको प्रयोग बढेको इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुली बताउँछन्।
लकडाउनको पहिलो दुई महीना इन्टरनेट सेवाप्रदायक कम भएका थिए भने त्यसपछि फेरि बढेका छन्। वर्क फर्म होम र विद्यालयको कक्षा सञ्चालन अनलाइनबाटै हुन थालेपछि इन्टरनेटको प्रयोग र प्रयोगकर्ता दुबै बढ्याे।
उनी भन्छन्, “लकडाउनको पहिलो दुई महीना इन्टरनेट सेवाप्रदायक कम भएका थिए भने त्यसपछि फेरि बढेका छन्। वर्क फर्म होम र विद्यालयको कक्षा सञ्चालन अनलाइनबाटै हुन थालेपछि इन्टरनेटको प्रयोग र प्रयोगकर्ता दुबै बढेको पराजुली बताउँछन्।
चैत २०७६ को तुलनामा वैशाख २०७७ मा इन्टरनेट प्रयोगकर्ता घट्नामा भने तत्कालीन बन्दाबन्दीको प्रभावको कारणले भएको पराजुली बताउँछन्। उनी भन्छन्, “तत्कालको समयमा उपभोक्ताले इन्टरनेट रिचार्ज गर्न नपाएका र कतिपय ग्राहक विद्यालय, कामकाजीको कामविहीन हुँदा र गाउँ फर्केका कारण इन्टरनेट चलाएनन्।”
जेठदेखि भने इन्टरनेटको आवश्यकता बढेको, घरबाटै काम गर्ने तथा जुममा मिटिङ गर्नेदेखि सामाजिक सञ्जालसम्मको प्रयोग बढेको पनि सेवाप्रदायक बढेको हुनसक्ने बुझाइ पराजुलीको छ। प्रयाेग बढेका कारण इन्टरनेट सेवाप्रदायकले बाहिरबाट ल्याउने ब्याण्डविथ खपतमा चाप परेकाे उनी बताउँ५न्।
टेलिकमका फोरजी प्रयोगकर्ता साउन ८४ प्रतिशतले बढे
नेपाल टेलिमकको फोरजी प्रयोगकर्ता साउनमा करीब ८४ प्रतिशतसम्मले बढेको छ। असारमा जम्मा आठ लाख फोरजी प्रयोगकर्ता रहेको टेलिकमले सेवाको दायरा बढाएकै कारण साउनबाट भने सात लाख अर्थात करीब ८४ प्रतिशतले प्रयोगकर्ता बढेको टेलिकमको भनाइ छ। असारसम्मा आठ लाख ४३ हजार मात्रै टेलिकमका प्रयोगकर्ता साउनमा एकैपटक १५ लाख ५१ हजार पुगेका थिए।
साउनपछि भने टेलिमको फोरजी प्रयोगकर्ताको मासिक बृद्धिदर राम्रो रहेको पनि सहप्रवक्ता लोहिया बताउँछन्। उनी भन्छन्, “द्रूत गतिको इन्टरनेट प्रयोग गर्न र थ्रीजी सीमलाई फोरजीमा लगेर प्रयोग गर्न प्रयोगकर्ता आफैं सचेत हुनुपर्छ।” टेलिकम कम्पनीले प्रयोगकर्तालाई नयाँ सेवाको जानकारी दिइरहेको, सेवा प्रवाहलाई बढावा दिएको र ग्राहकको घर घरमै पुगेर सेवाको अभियान चलाइरहेका छन्। सेवाप्रदायकले दिएको सेवालाई ग्राहकले ग्रहण गर्ने पनि गर्नुपर्ने टेलकमका सहप्रवक्ता रन्जित लोहिया बताउँछन्।
टेलिकमले प्रयोगकर्तालाई नयाँ सेवाको जानकारी दिइरहेको, सेवा प्रवाहलाई बढावा दिएको र ग्राहकको घर घरमै पुगेर सेवाको अभियान चलाइरहेका हुँदा ग्राहकले पनि नयाँ सेवालाइ ग्रहण गर्नुपर्ने हुन्छ।
लोहिया भन्छन्, “टेलिकमको फोरजी तुलनात्मक रूपमा कम देखिनुमा ग्राहकै सक्रियता र रुचि बढाउन नसकिएको हुनसक्छ। फोरजीका प्रयोग गर्न कतिपय ग्राहकको फोन सेटले सपोर्ट नगरेको र पुरानै सिमकार्ड प्रयोग गरिरहेका छन्। त्यसका लागि टेलिकमले निःशुल्क सिमकार्ड दिने र गुणस्तरीय सेवातर्फ आकर्षित गर्ने अभियान भने चलाइरहेको लोहिया बताउँछन्।
ग्राहकले भएकै सिमकार्ड चलाउने र एकपटक टेलिकम काउन्टरमा आउन गाह्रो मानेका कारण सेवा पुगेका र द्रूत गतिको मोबाइल इन्टरनेटको सुविधा लिन पाउने भए पनि लिएका छैनन्। थ्रीजी चल्ने सिमकार्ड पुरानो प्रविधिको भएकोले नयाँ सिम लिएरै फोरजीमा जानुपर्ने हुन्छ।
टेलिकमले ७७ वटै जिल्लामा र देशका अधिकांश शहरमा सेवा पुर्याइसकेको छ। टेलिकम कम्पनीको प्राथमिकता र ग्राहकको लागि भरपर्दो सेवाका रूपमा ताररहित इन्टरनेट अन्तर्गतको फोरजी विस्तारलाई नै दिइरहेको नेपाल टेलिकमको भनाइ छ। चैतदेखिको बन्दाबन्दीले टेलिकमको सेवाको दायार बढाउने कामको गति कम हुँदा असारम्म नै प्रयोगकर्ता कम थिए।