टाटा मोटर्सको स्वावलम्बी अभियान सार्वजनिक
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विभिन्न कारणवश विदेशबाट नेपाल फर्किएका युवाहरूलाई लक्षित गरी टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक गरेको छ।
यस अभियान अन्तर्गत टाटा कमर्शियल गाडीहरूको खरीदमा बिनाधितो ६ प्रतिशत भन्दा कम ब्याजदरमा ७५ प्रतिशतसम्मको फाइनान्स सुबिधा प्राप्त गर्न सक्नेछन्। साथै व्यवसायिक परामर्शको समेत व्यवस्था मिलाइएको छ।
युवा वर्गलाई स्वदेशमा नै व्यापार व्यवसाय गर्ने वातावरण मिलाउन सहयोग पुर्याएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ यस अभियान सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
जसअन्तर्गत् कम्पनीले युवा जनशक्तिमार्फत् व्यवसाय र रोजगारीको सृजना गरी आर्थिक सम्बृद्धि हासिल हुने विश्वास लिएको छ।
यस अभियानमा सहभागी हुन चाहने ग्राहकले टाटा मोटर्सको शोरुममा गएर विभिन्न प्रकारका गाडी अवलोकन गर्न र त्यसका अनुप्रयोगहरूको जानकारी पनि लिन सक्नेछन्।