हिमालयन ब्यांंकले सिप्रदी ट्रेडिङका ग्राहकलाई सहुलियत कर्जा दिने
कमर्शियल गाडी खरीदमा ७० प्रतिशतसम्म र प्यासेन्जर गाडी खरीदमा ८० प्रतिशतसम्म हिमालन ब्यांकले सिप्रदीका ग्राहकलाई सहुलियत कर्जा दिने भएको छ।
सिप्रदी ट्रेडिङका ग्राहकहरूलाई टाटा मोटर्सका कमर्शियल र प्यासेन्जर गाडी खरीदमा हिमालयन ब्यांकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो।
सम्झौता पत्रमा सिप्रदीका कमर्शियल जेनेरल म्यानेजर अनुपमणि ढकाल तथा हिमालयन ब्यांकका तर्फबाट कार्यकारी अधिकृत जयेन्द्र बिक्रम शाहले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार हिमालयन ब्यांकले आफ्ना देशभरि रहेका शाखा कार्यालयहरूमार्फत् सिप्रदीका देशभर रहेका शोरुम तथा आधिकारिक डिलरहरूबाट टाटा मोटर्सका नयाँ कमर्शियल र प्यासेन्जर गाडीहरू खरीद गर्न याे सुविधा दिएकाे हाे।
ग्राहकहरूलाई कमर्शियल गाडी खरीदमा ७० प्रतिशतसम्म भने प्यासेन्जर गाडी खरीदमा ८० प्रतिशतसम्म अति न्यूनतम ब्याजदरमा कर्जा प्रदान गरी गरिने बताइएको छ।