ग्लोबल आईएमई ब्यांकले १६ प्रतिशत लाभांश वितरण गर्ने
ग्लोबल आईएमई ब्यांक लिमिटेडको २९ पुसमा सम्पन्न १४औं वार्षिक साधारण सभाले १६ प्रतिशत लाभांश दिने विषय पारित गरेको छ।
ब्यांकले आर्थिक वर्ष २०७६/७७ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरूलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णयलाई पारित गरेको हो।
ब्यांकले गत आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन मुनाफा रू. ४ अर्ब १७ करोड रूपैयाँ र कर पछिको मुनाफा रू. २ अर्ब ९१ करोड रूपैयाँ आर्जन गरेको थियो। बोनश शेयर वितरण पश्चात ब्यांकको चुक्ता पूँजी रू. २१ अर्ब ६३ करोड रूपैयाँ पुग्नेछ।
यस्तै, ब्यांकको साधारण सभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा ब्यांकको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ।
सञ्चालक सदस्यहरूमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शन कृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दीपक शर्मा पोखरेल (सर्वसाधारण) रहेको छन्।