कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावललाई कोरोना
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार गरिएको पीसीआर परीक्षणमा मन्त्री रावललाई कोरोना संक्रमण देखिएको उनका स्वकीय सचिव नन्दबहादुर रोकायाले बताएका छन्।
चिकित्सकको सल्लाहअनुसार उनलाई थप उपचारका लागि काठमाडौं पुर्याइएको छ।
पछिल्लो हप्ता मन्त्री रावलको सम्पर्कमा रहेका व्यक्तिहरूले कोरोना परीक्षण गराउन र स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्न उनको सचिवालयले अनुरोध गरेको छ।