नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न
नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य चयन भएका छन्। महासंघको शुक्रबारदेखि काठमाडौंमा शुरू भएको सातौं र आठौ वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशनले आतबार नयाँ अध्यक्षसहितको कार्यसमिति चयन गरेको हो।
महाअधिवेशनबाट महासंघका वरिष्ठ उपाध्यक्ष शाक्य सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन्।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली, उपाध्यक्षहरूमा मोहनकाजी शाक्य, दियेशरत्न शाक्य, र विपिन रामुदामु निर्वाचित भएका छन्।
महासंघको एशोसिएटस् उपाध्यक्षमा पवन सोमानी निर्वाचित भए। महासचिवमा धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवद्वयमा किरणभाई बज्राचार्य र बाबुराम विश्वकर्म निर्वाचित भएको महासंघले जानकारी दिएको छ।