रियल मड्रिड बराबरीमा रोकिँदा एथ्लेटिको मड्रिड र बार्सिलोनालाई फाइदा
स्पेनिश ला लिगाअन्तर्गत गए राति भएको खेलमा रियल मड्रिड बराबरीमा रोकिएपछि शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ। बार्सिलोनाले भने ग्रेनाडाविरुद्ध प्रभावशाली जित निकालेको छ।
रियल मड्रिडले ओसासुनासँग बरारबीमा चित्त बुझाएको छ। रियलले ओसासुनाको घरेलु मैदानमा ६४ प्रतिशत बल कब्जा गरे पनि गोल गर्न सकेनन्। दुवै टीमले दुई दुई पटक मात्र पोष्टमा पर्ने गरी आक्रमण गर्न सकेका थिए।
रियलको १८ खेलबाट ३७ अंक छ। शीर्ष स्थानको एथ्लेटिको मड्रिडको १५ खेलबाट ३८ अंक छ। उसको हिजो हुनुपर्ने एथ्लेटिक बिल्बाओसँगको खेल स्थगित भएको छ। भारी हिमपातका कारण जहाज नउडेपछि बिल्बाओका खेलाडी आउन सकेका थिएनन्।
हिजै भएको खेलमा यो सिजन खराब प्रदर्शन गरिरहेको बार्सिलोनाले ग्रेनाडाविरुद्ध ४-० को जित निकालेको छ। बार्सिलोनाका लागि मेस्सी र एन्टिनियो ग्रिजम्यानले दुई दुई गोल गरे।
योसँग बार्सिलोना। १८ खेलबाट ३४ अंक बटुल्दै तेस्रो स्थानमा उक्लिएको छ। अब दोस्रो स्थानको रियल मड्रिडसँगको दूरी बार्साले तीन अंकमा झारेको छ।
पछिल्ला पाँच खेलमा राम्रो प्रदर्शन गर्दै बार्सिलोना शीर्ष तीनमा पुगेको हो। पछिल्लो पाँचमध्ये बार्साले चारमा जित र एउटामा बराबरीमा खेलेको छ। त्यस्तै रियलले तीन जित र दुई बराबरी खेल्दा एथ्लेटिको मड्रिडले चार जित र एकमा पराजित भएको छ।