टाटा मोटर्सको कम्प्याक्ट ट्रक इन्ट्रा भी-२० नेपालमा बिक्री शुरू, मूल्य पौने २० लाख
सिप्रदी ट्रेडिङले टाटा मोटर्सको कम्प्याक्ट ट्रक टाटा इन्ट्रा भी-२० को नेपालमा बिक्री शुरू गरेको छ। टाटा मोटर्सको यो ट्रक प्रिमियम टफ डिजाइन सिद्धान्तमा बनेको हुँदा ट्रकले आरामदायी यात्रा अनुभवका साथै शक्तिशाली कार्य क्षमता र उत्पादकत्व वृद्धि गर्ने छ।
इन्ट्राको शुरू मूल्य रू. १९ लाख ७५ हजार रहेको छ। यो कम्प्याक्ट ट्रकलाई नेपालभर छरिएर रहेका सिप्रदी ट्रेडिङका सेल्स, सर्भिस र स्पेयर पार्टस्को बृहत्तर सञ्जालले पूर्ण साथ सहयोग र सम्भार गर्ने सिप्रदीले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ।
यो ट्रक ४५ प्रतिशतको उकालो बाटो चढ्ने र घुम्ती बाटोमा पनि सहजै यात्रा गर्न सक्ने इन्जिनयुक्त प्रविधि भएको उल्लेख छ। यो ट्रकको १.१ टन भार बहनगर्ने क्षमता,मर्मत खर्च कम लाग्ने र साँघुरोमा गल्लीमा सजिलै मोड्न सकिन्छ।
यसको आधुनिक डिजाइनका साथ बनेको क्याबिनभित्र ओहोर-दोहोर गर्न सजिलो हुने थप ठाऊँ रहेको छ। सुबिधा सम्पन्न आरामदायी सिटहरू, आधुनिक डिजिटल क्लस्टर ट्रकमा छ ।
ड्यासबोर्डमा माउन्ट भएको गियर लिभरले लामो समयको यात्रामा पनि सजिलो एंव थकान महसुस नगराउने र भरपर्दाे एंव विश्वसनीय इन्जिन, गियर बक्स, क्राउन र च्यासिसको संयोजनले न्युन मर्मत खर्च गराउन सक्ने विशेषता रहेको छ।
यो ट्रक ४५ प्रतिशतको उकालो बाटो चढ्ने र घुम्ती बाटोमा पनि सहजै यात्रा गर्न सक्ने इन्जिनयुक्त प्रविधि भएको उल्लेख छ। यो ट्रकको १.१ टन भार बहनगर्ने क्षमता,मर्मत खर्च कम लाग्ने र साँघुरोमा गल्लीमा सजिलै मोड्न सकिने विशेषता रहेको पनि सिप्रदीले जानकारी दिएको छ।
सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले नेपालको एक प्रतिष्ठित ब्राण्डको हैसियतले प्राथमिकताका साथ यो ट्रकलाई बिक्री गर्ने बताए। टाटा इन्ट्रा भी-२० को यो बिक्री शुभारम्भसँगै ग्राहकहरूलाई उत्कृष्ट कार्यक्षमता, किफायती र उच्चतम प्रभावकारिता दिने गाडी उपलब्ध गराउने प्रतिबद्धतालाई निरन्तरता दिएको पनि उनको भनाइ छ।