दाेश्राे किस्ता नपाउँदा एघार सय घर भत्किन थाले
जनता आवास कार्यक्रमबाट बन्न लागेका डोल्पाका ११ सय घर रकम अभावमा भत्कन थालेका छन् ।
त्रिपुरासुन्दरी नगरपलिका–१, राजा रानी क्षेत्रका दलित परिवारका लागि बन्न लागेका घरहरु रकम अभाव भएपछि भत्कन थालेका हुन् ।
दुईवर्ष अघि सरकारले प्रति घर रु ५० हजारका दरले पहिलो किस्ता दिएर निर्माण शुरु गरेको थियो । तर दोश्रो किस्ता नपाएपछि न्यून आयस्रोत कम भएका परिवारले घर पूरा गर्न सकेनन् ।
जगदेखि ढोकासम्मको निर्माण भएका घरहरु चुलीसम्म निर्माण गर्ने अवस्था नभएको त्रिपुरासुन्दरी नगरपालिका–२ रुमका टङ्क सुनारले बताए ।
ति घरहरु पाँचवर्षमा सक्ने लक्ष्य थियो । तर केही महीना अघिदेखि जनता आवास कार्यक्रमको कार्यालयमा कर्मचारी समेत छैनन् ।
घरमा छाक टार्नै मुस्किल परेको बेलामा घर पूरै निर्माण गर्न कठिन परेको स्थानीयको गुनासो रहेको छ ।
सङ्घीय एकाइ कार्यालयका गोपाल सार्कीले पहिला सहरी विकासअन्तर्गत रहेको यो कार्यक्रम समायोजन भएपछि भौतिक मन्त्रालयले जिम्मा लिएको बताए ।
डोल्पाका तत्कालिन नौ गाविस लाँहा, सर्मी, नर्कु, कालिका त्रिपुराकोट, पाहाडा दुनै, जुफाल, रुम रल्लीमा पनि अवस्था उस्तै छ ।