न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा नहेर्ने
न्यायाधीश हरिकृष्ण कार्की प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइमा सहभागी नहुने भएका छन्। यो मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि निरन्तर सुनुवाइ शुरू छ।
संवैधानिक इजसालमा रहेका न्यायाधीश कार्कीले मुद्दा नहेर्ने घोषणा गरेका हुन्।
वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, मुक्ति प्रधान, दिनेश त्रिपाठीले न्यायाधीश कार्कीले यो मुद्दा हेर्न नमिल्ने बताएका थिए।
न्यायाधीश कार्की केपी शर्मा ओली यसअघि प्रधानमन्त्री भएका बेला महान्यायाधिवक्ता भएका र न्यायाधीश हुनुअघि अहिले यो मुद्दाको बहसमा सहभागी भइरहेका महान्यायाधिवक्ता अग्नि खरेलसँग एउटै ल फर्ममा काम गरेकाले उनले मुद्दा हेर्न नमिल्ने वरिष्ठ अधिवक्ताहरूको तर्क थियो।
त्यसपछि न्यायाधीश कार्कीले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका हुन्।