२ माघदेखि इन्फ्रास्ट्रक्चर ब्यांकको आईपीओ आउने, आवेदन दिने सबैले शेयर पाउने
२ माघदेखि इन्फ्रास्ट्रक्चर ब्यांकको सार्वजनिक निष्काशन (आईपीओ) आउने भएको छ। यो ब्यांकको आईपीओ नेपाली पूँजी बजारको इतिहासमा हालसम्मकै ठूलो हुने भएको छ।
यसको आईपीओ रू. ८ अर्ब बराबरको हुने भएको छ। आईपीओको सार्वजनिक निष्काशन २ देखि ६ माघसम्म हुने भएको छ। आईपीओ निष्काशनका लागि नेपाल इन्फ्रास्ट्रक्चर ब्यांंक लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई आफ्नो बिक्री प्रबन्धक नियुक्त गरेको छ।
आईपीओ निष्काशन सम्बन्धी सम्पूर्ण कार्य एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत हुनेछ। रू.२० अर्ब चुक्ता पूँजी रहेको ब्यांकको रू. १२ अर्ब संस्थापकहरूबाट जुटाइसकेको छ। बाँकी रकम भने आईपीओ जारी गरेर सर्वसाधारणबाट जुटाउन लागेको हो।
आईपीओमा आवेदन दिने सबै आवेदकहरूको हात खाली नहुने आईपीओको बिक्री प्रबन्धकले जानकारी दिएको छ। नेपाल इन्फ्रास्ट्रक्चर ब्यांक लिमिटेडको स्थापना ब्यांक तथा वित्तिय संस्था, जीवन तथा गैरजीवन बीमा कम्पनी, उद्यमीहरू तथा अन्य निजी क्षेत्रका अग्रणी संस्थाका समूह तथा नेपाल सरकारको संयुक्त सहभागितामा भएको हो।