अन्तर्राष्ट्रिय उडानलाई थाती राखेर दुर्गममा जाँदै बुद्ध एअर, यशोधरा एअरलाइन्स सञ्चालन गर्ने
आन्तरिक उडानको अग्रणी वायुसेवा कम्पनी बुद्ध एअरले भगिनी संस्था ‘यशोधरा एअरलाइन्स’ स्थापना गरेर दुर्गम क्षेत्रमा उडान गर्ने भएको छ।
काठमाडौंबाट भुटानको पारो, भारतको लखनउ, वनारस र कोलकातामा अन्तर्राष्ट्रिय उडानको अभ्यास गरिसकेको यो वायुसेवाले अब पोखराबाट गर्ने तय गरेको अन्तर्राष्ट्रिय उडानलाई थाती राखेर पहिले आन्तरिकमै दुर्गम क्षेत्रमा जाने भएको छ।
सिद्धार्थ गौतमलाई चिनाउने गरी बुद्ध एअर नाम राखेर स्थापित भएको यो वायुसेवा अब उनकै श्रीमतीको नाम यशोधराबाट नयाँ कम्पनी स्थापनामा लागेको छ। महिलाको सम्मान हुने र ऐतिहासिक महत्वसँग पनि जोडिएकोले दुर्गम क्षेत्र उडानमा उक्त नाम तय गरिएको बुद्ध एअरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बताउँछन्।
नयाँ वायुसेवा रामेछापको मन्थली र कास्कीकाे पोखरा विमानस्थललाई आधार बनाएर दुर्गम क्षेत्रको उडानमा जाँदैछ। बुद्धले दुई वर्षपछि दुर्गम क्षेत्रमा उडान गर्ने गरी दुईवटा जहाज ल्याउने गृहकार्य गरिरहेको प्रबन्ध निर्देशक बस्नेत बताउँछन्। दुईवटा सञ्चालन गर्दै गर्ने र अर्को दुईवटा थप गरेर दुर्गममा चारवटा जहाज उडाउने योजना बुद्ध एअरले तय गरेको छ
दुर्गम क्षेत्रको उडानका लागि बुद्धले अमेरिकी कम्पनी टेक्स्ट्रन एभिएसन इंकको सेस्ना स्काईकुरियर नामक १८ सिट क्षमताको जहाज ल्याउने भएको छ। यो जहाज केही गरी हाम्रा गन्तव्यमा अनुपयुक्त भएको अवस्थामा भने नेपालमा उडान भइरहेको क्यानेडियन जहाज ट्वीनअटर नै ल्याउने जानकारी बस्नेतले बताउँछन्।
दुर्गम क्षेत्रको उडानका लागि बुद्धले अमेरिकी कम्पनी टेक्स्ट्रन एभिएसन इंकको सेस्ना स्काईकुरियर नामक १८ सिट क्षमताको जहाज ल्याउने भएको छ। यो जहाज केही गरी हाम्रा गन्तव्यमा अनुपयुक्त भएको अवस्थामा भने ट्वीनअटर नै ल्याउने छ।
यी दुई प्रकारका जहाजमध्ये एउटा प्रकृतिका दुई वटा जहाज सन् २०२२ को सेप्टेम्बरबाट उडान थाल्ने गरी तयारीमा बुद्ध एअर छ। कुन जहाज उडाउने भन्ने विषयमा सन् २०२१ को अगस्टसम्ममा तय भइसक्ने छ।
बुद्धले दुर्गम क्षेत्रको उडानका लागि मन्थलीबाट सोलुखुम्बुको लुक्ला, ताप्लेजुङ र भोजपुरमा उडान गर्ने छ।
दुर्गम क्षेत्रमा उडान भर्ने महत्वाकांक्षी योजना बनाउँदै बुद्ध एअर
ताप्लेजुङ जान काठमाडौंबाट ६४ मिनेट खर्च गर्नुपर्नेमा मन्थलीबाट ३८ मिनेटमा पुगिने देखिएको छ। तुलनात्मक रूपमा मन्थलीबाट सहज र छिटो हुने देखिएकोले उक्त गन्तव्यलाई आधार बनाउने गरी योजना तय भएको बस्नेतले जानकारी दिए ।
मन्थलीबाट ताप्लेजुङ उडान गर्दा गन्तव्यको विकास पनि हुने र कन्चनजंघा र पाथीभरा क्षेत्रको आकर्षर्णले यो क्षेत्र स्थापित हुने अनुमान गरिएको छ। सुकेटार विमानस्थल यसका लागि संभावना देखिएको स्थान भएकोले सोही अनुसार योजना बनाएर अगाडि बढ्न लागिएको बुद्ध एअरको भनाइ छ।
बुद्धले रु.२५ करोडको चुक्ता पुँजीबाट जहाजबाट नयाँ वायुसेवाको सुरुआत गर्ने भएको हाे ।
पोखराबाट पश्चिमका दुर्गम क्षेत्र उडान गर्न सकिने बुझाइ यो वायुसेवाको छ। मुस्ताङ, रोल्पा, डोल्पा, रुकुम, जुम्ला, हुम्लासहितका गन्तव्यमा उडान भएको छ।
बुद्ध एअरका प्रबन्ध निर्देशक बस्नेत भन्छन्, ‘‘हाल सहरी क्षेत्रका विमानस्थलमा स्थापित उडान गरेकोले अब दुर्गम क्षेत्रमा जान लागिएको हो। दुर्गम क्षेत्र स्थापित गरेर हेलिकप्टर क्षेत्रमा पनि जाने योजना अगाडि सारिएको छ।’’ यी दुई गन्तव्यको उडान स्थापित भएपनि नेपालका अन्य सबै दुर्गम क्षेत्रका गन्तव्यमा जाने योजना पनि बुद्धको छ।
अन्तर्राष्ट्रिय उडानमा तत्काल लाभ लिन सक्ने सुनिश्चित आधार नभएको र रुट व्यवस्थापनामा हुने समस्याले गर्दा अन्तर्राष्ट्रिय उडानको योजना थाती राखेको यो वायुसेवाले जानकारी दिएको छ।