सुन्दर त्रिविको कुुरुप कथा
आफ्नो पछिल्लो आत्मकथा ‘घुम्दै जीवनमा फनफनी: कदम ओरालोतिर (भाग–२)’ मा सेवानिवृत्त प्राध्यापक प्रेम खत्रीले लेखेका छन्, ‘‘यहाँ नोटकपी हेरेर मात्र वाक्य फुटाउने प्राध्यापक पनि थिए, सो ल्याउन बिर्सेको दिन कक्षा हुँदैनथ्यो।’’
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रिय नेपाली इतिहास, संस्कृति तथा पुुरातत्व विभागमा २०२७ सालमा स्नातकोत्तर तहमा भर्ना हुँदा प्रेम खत्री २५ वर्षका थिए। परीक्षामा सर्वोच्च स्थान हासिल गरी चान्सलर स्वर्णपदक प्राएका उनले लगत्तै सोही विभागमा नियुक्ति पाए।
करीब चार दशकको सेवाकालमा खत्री सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख, डीन, नेपाल र एशियाली अनुसन्धान केन्द्र(सिनास)का कार्यकारी निर्देशक जस्ता महत्वपूूर्ण जिम्मेवारीमा आसिन भए। र, भदौं २०६६ मा सेवानिवृत्त भए।
उही प्राध्यापक प्रेम खत्रीले हालैमात्र आत्मकथा प्रकाशित गरेका छन् – घुम्दै जीवनमा फनफनी: कदम ओरालोतिर (भाग दुुई)
नेपालकै सबैभन्दा पुरानो, ठूलो ज्ञानउत्पादक केन्द्रमा लामोसमयसम्म काम गरेको, थप विभिन्न जिम्मेवारीपूर्ण पदमा आसिन खत्रीको पुस्तकमा विश्वविद्यालयको साङ्गोपाङ्गो चित्रण आउने अपेक्षा स्वभाविक हुने गर्दछ। तर, आत्मकथामा तिक्त कथाहरू बढी छन्।
‘कति तीता कुराको साक्षी बस्नु ? वा एक सहकर्मीले सुुझाएजसो कति तीता कुरा लेख्नु ?’ भनेर दोमन भएका यी प्राध्यापक लेख्छन्– ‘‘यो एक विडम्बनाको अनुभव थियो। अनुुभव जीवन हो, आफूले नलेखे कसले लेख्ने ?’’
लेख्ने क्रममा खत्रीले आफ्ना कटुअनुुभव छताछुल्ल पारिदिएका छन्, जसमाथि मनन गर्ने हो भने उनले पुस्तकमै भनेजस्तो ओरालोतिर लागेको विश्वविद्यालयलाई पुनः उकालोतर्फ मोडन सकिन्छ। यो पंक्तिकार स्वयं पनि विश्वविद्यालयको विद्यार्थी र केही वर्ष समय नेपाल र एशिया अनुसन्धान केन्द्र (सिनास) मा बिताएको हैसियतले पनि प्राध्यापक खत्रीको यो अनुभव वैयक्तिक मात्र नभइ प्रतिनिधिमूलक हो भन्ने मेरो ठम्याइ छ।
‘‘जब एक कप रातो चिया निलेर निस्किएँ, कसैले तुरुन्तै प्रतिक्रिया दिए– हैन, यो सेवानिवृत्त भएको मान्छे यहाँ के काम ? यो मनुुष्य किन हाम्रो चरनमा विचरण गर्दैछ, थेसिस आदिको लहनतहन बाँकी छ भने हामीले हेर्ने हो, निवृत्तको अर्थ घरमा बस्ने हो आदि आदि’’, खत्रीले लेखेका छन्।
प्राध्यापक खत्री लेख्छन्, ‘‘यहाँ नोटकपी हेरेर मात्र वाक्य फुटाउने प्राध्यापक पनि थिए, सो ल्याउन बिर्सेको दिन कक्षा हुँदैनथ्यो।’’ वास्तवमा उक्त ‘नोट’ नै प्राध्यापकले कहाँबाट प्राप्त गरे ? कतै अर्को प्राध्यापकबाट त सारेर ल्याएका होइनन् ? वा आफू पनि त्यस्तै नोट घोकेरै त उत्तिर्ण भएका होइनन् ? यहाँ सबै अनुमान आंशिक सत्य लाग्छन्।
परीक्षा उत्तिर्ण हुन घोकन्ते विद्या पर्याप्त हुने ‘जीवनदर्शन’ कै कारण विश्वविद्यालयबाट निस्केर कर्म क्षेत्रमा पुगेकाहरू मात्र होइन, प्राध्यापनमा संलग्नहरु नै पनि कुनै वादविवाद वा छलफलमा उत्रनु पर्दा असिनपसिन हुन्छन्।
सेवानिवृत्त भएको सातापछिको एक दिन असाध्यै नियास्रो लागेर प्राध्यापक खत्री त्रिविको आफ्नो विभाग पुग्छन्। तर, उनले त्यहाँ आफ्नै पूर्वसहकर्मीद्वारा यसअघि कहिल्यै नभोगेको पीडासँग साक्षात्कार गर्न पुग्छन्।
‘‘जब एक कप रातो चिया निलेर निस्किएँ, कसैले तुरुन्तै प्रतिक्रिया दिए– हैन, यो सेवानिवृत्त भएको मान्छे यहाँ के काम ? यो मनुुष्य किन हाम्रो चरनमा विचरण गर्दैछ, थेसिस आदिको लहनतहन बाँकी छ भने हामीले हेर्ने हो, निवृत्तको अर्थ घरमा बस्ने हो आदि आदि’’, खत्रीले लेखेका छन्।
खत्री विभागमै आएको मन नपराउने ती व्यक्तिको नाम पुस्तकमा उल्लेख छैन। तिनै व्यक्ति पछि प्राध्यापकको उम्मेदवार भई अन्तर्वातामा आउँदा अन्तर्वार्ताकारमध्ये एक प्रा. खत्री नै परेछन्। पछि उनैले टेलिफोनमा ‘‘अन्तर्वातामा तिम्रो प्रश्नबारे केही नबोली, तिमीसँग उट्पट्याङ कुरा गरेपनि म प्रा. भएँ नि देख्यौ ? रोक्न सक्यौ ?’’ भनेर दिएछन्।
यो वाक्य भने पुस्तकमा समावेश छ। तर, यसको पृष्ठभूमि भने लेखकले खोलेका छैनन्। तर, एक जिज्ञासु पाठकका नाताले यो पंक्तिकारले यो प्रसंगबारे जानकार व्यक्तिहरुसँग थप बुझ्न चाहे। कुरा यस्तो रहेछ– प्राध्यापकको उम्मेदवारका रुपमा अन्तर्वार्तामा आएका ति व्यक्तिसँग मूल्याङ्कनका लागि पेश गरेको कृतिमै छलछाम गरिएको रहेछ। पुस्तकको केही पन्ना र आवरण पृष्ठ बदली आफ्नो नाममा तयार पारी त्रिवि सेवा आयोगमा पेश गरिएको थियो।
संयोग, उक्त कृतिको भूमिका खत्रीले नै लेखेका रहेछन्। खत्री अन्तर्वार्तामा यो प्रश्न उठाएपछि ति व्यक्ति निरुत्तर भएछन्। बिडम्बना, उनी प्राध्यापक बनेछन्।
प्रा. खत्रीको ‘नेपाली समाज र संस्कृति’ पुस्तक त्रिविको पाठ्यक्रम विकास केन्द्र २०३७ सालमा प्रकाशित गरेको थियो, जसको थुप्रै संस्करण छापिएको छ। तर, उक्त पुस्तकको सहलेखक हुन नपाएको झोँकमा एक प्राध्यापकले पुस्तकमाथि प्रतिबन्ध नै लगाए जसरी विभागभित्र छलफल नै नगराउने र पाठ्यपुस्तकको सूचीमा पर्दा पनि ‘टिपेक्स’ लगाउने काम गरेको पुस्तकमा लेखिएको छ। तर, उनी को हुन् ? नाम नै उल्लेख छैन।
कतिपय गम्भीर घटनाक्रम उदांगो पारिएको छ, जुन सम्पादकीय दृष्टिमा कमजोरी मान्न सकिन्छ। यस्ता प्रसंगले पाठकलाई अन्योल र आशंका राख्ने ठाउँ दिन्छ। भावना तथा कल्पनालाई किंचित पनि ठाउँ नदिई तथ्यमा आधारित अध्ययन–अनुसन्धान गर्न सिकाउने इतिहास, संस्कृति तथा पुुरातत्व विभागका यी प्राध्यापकले आत्मकथामै पात्रहरुको नाम लुकाउनु उचित कर्म होइन।
जस्तो, पुस्तकको एक ठाउँमा ‘‘तर तिनका आज्ञाकारी विद्यार्थीले तिनलाई (मरणोपरान्त) विविध भाषामा लेखिएका, विभिन्न यूरोपेली देशमा प्रकाशित ठूलाठूला कृतिका लेखक बनाएँ’’ भनिएको छ। ति विद्यार्थी को हुन् ? जोकोही पाठकले ठम्याउँन सक्तैनन्। वास्तवमा ति विद्यार्थी कोही नभइ यो पंक्तिकार हो। र, उक्त वाक्यांश प्राध्यापक खत्रीले प्राध्यापक डा. मुकुन्दराज अर्यालको मृत्युपछि लेखिएको श्रद्धान्जली लेखसँग सम्बन्धित थियो।
सत्य के हो भने, आजको त्रिविको अनुहार प्रा.खत्रीले आत्मकथामा चित्रित गरेभन्दा पनि कुरुप छ। आफ्ना उत्कृष्ट विद्यार्थीलाई सेवाको अवसर दिने त्रिविको पुरानो परम्परा अहिले बदलिएको छ। त्रिवि राजनीतिक दलका कार्यकर्ताको भर्तीकेन्द्र बनेको छ। त्यसैले अधिकांश उत्कृष्ट विद्यार्थी कि देश कि आफ्नो विषयबाट पलायन भएका छन्। ‘ट्यालेन्ट हन्ट’ मा त्रिवि असक्षम हुनु देशकै लागि ठूलो नोक्सानी हो।
प्राध्यापक अर्याल र खत्री एकै दिन स्नातकोत्तरमा भर्ना भएका, एकै दिन त्रिविमा नियुक्ति पाएका र एकै दिन उप–प्राध्यापक र सह–प्राध्यापकमा नियुक्त भएका थिए। ‘प्राध्यापक पदको बढुवामा आफूलाई धेरै तिरबाट उर्जा जुुटाई यी बाहुबलीले मलाई पछारे’ पुस्तकमा खत्रीले यस्तो आरोप पनि लगाएका छन्। विश्वविद्यालयमा यी दुई प्राध्यापकबीच मिल्ती छैन भन्ने हामी धेरै विद्यार्थीलाई समेत थाहा थियो। यही कारण बेलाबेला हामीलाई समेत अप्ठेरो पर्दथ्यो।
प्राध्यापक खत्रीले आफू विश्वविद्यालयबाट अपमानित भई निस्कनु परेको कटुअनुभव पुस्तकमा व्यक्त गरेका छन्। तर, विश्वविद्यालयसँगको लगावलाई पनि ठाउँ ठाउँमा स्थान दिएका छन्। त्रिविको विसंगति तथा विकृतिसुधारका उपायहरु प्नि सुझाएका छन्।
कतिपय प्राध्यापक सेवानिवृत्त भएपछि निस्क्रीय बस्ने वा अन्य क्षेत्रमा संलग्न हुने गरे पनि उनी भने आफ्नै विषय क्षेत्रमै संलग्न छन्। उनको सक्रियता र नेतृत्व अन्यका उदाहरणीय पनि बनेको छ।
सत्य के हो भने, आजको त्रिविको अनुहार प्रा.खत्रीले आत्मकथामा चित्रित गरेभन्दा पनि कुरुप छ। आफ्ना उत्कृष्ट विद्यार्थीलाई सेवाको अवसर दिने त्रिविको पुरानो परम्परा अहिले बदलिएको छ। त्रिवि राजनीतिक दलका कार्यकर्ताको भर्तीकेन्द्र बनेको छ। त्यसैले अधिकांश उत्कृष्ट विद्यार्थी कि देश कि आफ्नो विषयबाट पलायन भएका छन्। ‘ट्यालेन्ट हन्ट’ मा त्रिवि असक्षम हुनु देशकै लागि ठूलो नोक्सानी हो।