कांग्रेसले आज सबै संघीय निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभरि प्रदर्शन गर्दैछ।
कांग्रेसको पूर्व निर्धारित कार्यक्रम अनुसार १६५ वटै संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको तयारी छ। त्यसका लागि धेरै सांसदहरु आफ्नो निर्वाचन क्षेत्र गएको कांग्रेसले जनाएको छ।
एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाहरुमा सदरमुकाममा कार्यक्रम हुनेछ। अन्य जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कांग्रेसको तयारी छ।
५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि नेकपाकै दाहाल–नेपाल समूह र अन्य विपक्षी दलहरुले विभिन्न खालका विरोधका कार्यक्रम र प्रदर्शनहरु गरिरहेका छन्। काठमाडौँमा विभिन्न दल र समूहले दैनिक प्रदर्शन गरिरहेका छन्।