राष्ट्रपति भण्डारीले १७ पुसका लागि आह्वान गरिन् राष्ट्रिय सभाको बैठक
राष्ट्रपति विद्यादेवी भण्डारीले १७ पुसका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्।
संघीय संसदका महासचिव भरतराज गौतमका अनुसार संविधानको धारा ९३ (१) बमोजिम राष्ट्रपतिले अधिवेशन आह्वान गरेकी हुन्।
मन्त्रिरपरिषद्को शुक्रबारको बैठकले १७ पुसमा अधिवेशन आह्वान गर्नेगरि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।
यसअघि १८ असारमा संघीय संसदका दुवै अधिवेशन अन्त्य गरिएको थियो।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा भने ५ पुस विघटन गरिसकेकी छन्।