काठमाडौं उपत्यकामा थपिए २०८ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता २०८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बसैभन्दा धेरै काठमाडौंमा १७५ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुरमा ६ र ललितपुरमा २७ जना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा देशभर भने ३ हजार ८२८ नमूनाको पीसीआर परीक्षण गरिएकोमा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ। यस्तै, अहिलेसम्म १९ लाख ९ हजार ६५४ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने ६ हजार ४९३ रहेको छ।
यस्तै, सोही अवधिमा ७३१ जना संक्रमित निको भएका छन्। जम्मा संक्रमितमध्ये हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ३६९ जना रहेका छन्।
यस्तै, सोही अवधिमा नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म मुत्यु हुनेको संख्या १८२५ पुगेको छ।