काठमाडौं उपत्यकामा थपिए २६७ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता २६७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा १५० पुरुष र ११७ महिलामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३०१४, भक्तपुरमा १८७ र ललितपुरमा ४३९ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा देशभर भने ५ हजार ४३४ नमूनाको पीसीआर परीक्षण गरिएकोमा ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ। यस्तै, अहिलेसम्म १९ लाख ५ हजार ८२६ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने ६ हजार ७४९ रहेको छ।
यस्तै, सोही अवधिमा ८४० जना संक्रमित निको भएका छन्। जम्मा संक्रमितमध्ये हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ४९ हजार १३२ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ३६९ जना रहेका छन्।
यस्तै, सोही अवधिमा नेपालमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म मुत्यु हुनेको संख्या १८१९ पुगेको छ।