ब्रोकर कमिसन ३३ देखि ६० प्रतिशतसम्मले घट्यो, आइतबारदेखि लागू हुने
धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्क (कमिसन) ३३ देखि ६० प्रतिशतसम्मले घटाएको छ। धितोपत्र बोर्डले १२ पुसदेखि लागू हुनेगरी घटाएको यस्तो कमिसनमा धितोपत्र बजारको सुधार तथा विकासमा सहयोगी हुने बोर्डले जाकारी दिएको छ।
बोर्डले धितोपत्र दलाल व्यवसायीले सानो रकमको कारोबार गर्ने साना लगानीकर्तालाई कारोबार सेवा वापत लिँदै आएको न्यूनतम शुल्कमा ६० प्रतिशतले कमिसन घटाएको छ। सरकारी तथा संस्थागत ऋणपत्र, सामूहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको खरीद तथा बिक्री कारोबारमा लिँदै आएको शुल्कमा ५० प्रतिशत र संगठित संस्थाको शेयरको खरीद तथा बिक्री कारोबारमा लिँदै आएको शुल्कमा ३३ प्रतिशतसम्म कम हुने गरी किमसन घटाएको शुक्रबार (१० पुस)मा जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ।
कमिसन घटाउँदा शेयर, ऋणपत्र, सामूहिक लगानी योजना अन्य धितोपत्रको काराबोर बृद्धि हुनेछ। यसका कारण नयाँ लगानीकर्तालाई समेत बजार प्रवेशमा प्रोत्साहन गर्ने धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जारी गरेको विज्ञप्तिमा उल्ले छ।
कमिसन घटाउँदा शेयर, ऋणपत्र, सामूहिक लगानी योजना अन्य धितोपत्रको काराबोर बृद्धि हुनेछ। नयाँ लगानीकर्तालाईसमेत बजार प्रवेशमा प्रोत्साहन गर्ने धितोपत्र बोर्डकाे भनाइ छ।
बोर्डका अनुसार संगठित संस्थाको शेयरको प्रत्येक खरीद तथा बिक्री कारोबारमा रू.५० हजारसम्मको कारोबारमा ०.४० प्रतिशत, रू.५० हजारदेखि रू.५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, रू.५ लाख भन्दा माथि रू.२० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, रू. २० लाख भन्दा माथि रू.१ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र रू.१ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्ने भएको छ।
सरकारी वा संस्थागत ऋणपत्रको खरीद बिक्रीमा पनि रू. ५० हजारसम्म ०.१० प्रतिशत, रू.५० लाख सम्ममा ०.०५ प्रतिशत र ५० लाख माथिको कारोबारमा ०.०२ प्रतिशत सेवा शुल्क लिन पाउने व्यवस्था भएको छ।
अहिले लगानीकर्ताहरूले शेयरर कारोबार गर्दा ब्रोकरलाई ०.४ देखि ०.६ प्रतिशतसम्म कमिसन तिर्नुपर्छ। जसमा रू.५० हजारसम्मको कारोबार गर्दा ०.६, रू.५० हजारदेखि रू.५ लाखसम्म ०.५५, रू.५ लाखदेखि रू.२० लाखसम्म ०.५, २० लाखदेखि रू.१ करोडसम्म ०.४५ र रू.१ करोड माथिको कारोबारमा ०.४ प्रतिशत तिर्दै आएका छन्।
अहिलेसम्म लगानीकर्ताले तिरेको कमिसनबाट ब्रोकरलाई २० प्रतिशत र त्यहीँबाट सीडीएससीलाई कमिसन जाने गरेको छ। लगानीकर्ताले धितोपत्र बोर्डलाई छुट्टै ०.०१५ प्रतिशत कमिसन तिर्ने गरेका छन्।