यो हो प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सुनुवाइ गर्ने संवैधानिक इजलास
प्रतिनिधि सभा विघटनविरुद्ध परको मुद्दा सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ।
यसअघि प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै मुद्दाको सुनुवाइ संवैधानिक इजलासबाट गर्न गरेको आदेश बमोजिम शुक्रबार संवैधानिक इजलास तोकिएको हो।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि सभा विघटन गरेकी थिइन्। त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दायर भएका थिए।