ओली समूहले सातवटै प्रदेशका इन्चार्ज तोक्यो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली समूहले नेताहरूको कार्यविभाजन गरेको छ। बिहीबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ।
जसअनुसार प्रदेश-१ मा सुवास नेम्वाङ, प्रदेश-२ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वी सुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट इन्चार्ज तोकिएका छन्।
त्यसैगरी, बैठकले जनवर्गीय संगठनको इन्चार्जमा टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिने निर्णय गरेको छ। उपत्यकाको इन्चार्जमा कृष्णगोपाल श्रेष्ठलाई तोकिएको छ।