गृहमन्त्री थापा ओली समूहमा गएपछि सल्लाहकारले छाडे साथ
गृहमन्त्री रामबहादुर थापा नेकपाको केपी ओली समूहमा लागेपछि उनका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले उनको साथ छोडेका छन्।
बुधबारसम्म कुनै समूहमा नखुलेका गृहमन्त्री थापा बिहीबार ओली समूहले बालुवाटारमा आयोजना गरेको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएपछि उनका राजनीतिक सल्लाहकार सुवेदीले साथ छोडेका हुन्।
सुवेदीले राजनीतिक र नैतिक रूपमा आफू थापासँग नरहेको उल्लेख गरेका छन्। सुवेदी पनि नेकपाका केन्द्रीय सदस्य हुन्।
‘गृहमन्त्री आदरणीय क. रामबहादुर थापा बादलको सचिवालय र उहाँको राजनीतिक सल्लाहाकारको भूमिकामा आजबाट राजनीतिक र नैतिक दृष्टिले नरहेको जानकारी गराउंँछु’, सुवेदीले बिहीबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
यसअघि थापा समूहमा रहेका लगभग सबै केन्द्रीय सदस्यले उनको साथ छोडेर नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहलाई साथ दिइसकेका छन्।
पार्टी एकतापछि थापा समूहबाट उनीसहित ३४ जना केन्द्रीय सदस्य बनेका थिए।
सुवेदीको फेसबुक स्टेटस: