दुबईमा हुने टी-१० लिगका लागि तीन नेपाली क्रिकेटर छानिए
यो सिजन जनवरीमा युएईको दुबईमा हुने टी-१० लिगका लागि तीन नेपाली क्रिकेटर छानिएका छन्। तीनै जनाले फरक टीमबाट खेल्नेछन्।
यो वर्ष विदेशी लिग खेल्ने थप तीन क्रिकेटरमा सोमपाल कामी, करण केसी र सोमपाल कामी छन्। सन्दीप लामिछानेले भने यो सिजन दुई वटा विदेशी लिग खेलिसकेका छन्।
करण र कुशल पहिलोपटक विदेशी लिगमा छानिएका हुन्। सोमपालले भने दोस्रो पटक विदेशी लिग खेल्न लागेका हुन्। यसअघि क्यानडाको ग्लोबल टी२० लिगमा छानिएका थिए।
सोमपाललाई साविक विजेता मराठा अरेबियन्सले अनुबन्ध गरेको हो। त्यस्तै करण केसी पुणे डेभिल्स र कुशल मल्ल टीम अबुधाबीमा अनुबन्ध भएका छन्। ड्राफ्टमा रहेका राष्ट्रिय टीमका उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई भने कुनै पनि टीमले चासो देखाएनन्।
टीम अबुधाबीमा पारस खड्का इमर्जिङ ट्यालेन्ट मेन्टर छन्। गत वर्ष पारसले यही टीमबाट टी-१० लिग खेलेका थिए। गत वर्ष दुई नेपाली क्रिकेटर पारस र सन्दीप लामिछानेले टी-१० खेलेका थिए। यो वर्ष सन्दीप बिग ब्यास लिग खेल्न अष्ट्रेलिया पुगेका छन्।
यो सिजनको टी-१० लिग २८ जनवरीदेखि ६ फेब्रुअरीसम्म हुँदैछ। लिगमा आठ क्लबले प्रतिश्पर्धा गर्नेछन्।