मध्य तराईमा चिसो बढ्यो, यसरी शुरु हुन्छ दैनिकी (तस्वीरहरु)
यो वर्ष पुसको पहिलो सातादेखि नै तराईमा कुहिरो लाग्न थालिसकेको छ। बिहानैदेखि कुहिरोले ढाक्दा जाडो बढेको कारण जनजीवन प्रभावित हुन थालेको छ।
यी तस्वीर धनुषा र महोत्तरी जिल्लामा लिइएका हुन्। मध्य तराईमा बिहान कुहिरोका कारण सडक देख्नै मुस्किल पर्छ। बिहान चल्ने गाडीहरु अबेरसम्म पनि हेडलाइट बालेर गुडिरहेका हुन्छन्। काममा निस्किएका मानिसहरुलाई साइकल कुदाउन मुस्किल पर्छ।
खासगरीऔद्योगिक उत्सर्जन, मौसम परिवर्तनलगायत कारणले जाडो मौसम नलाग्दै तराईको आकाश कुहिरोले ढाक्न थालेको छ। हरेक वर्ष कुहिरो लाग्ने समय अगाडि सर्दैछ। कुहिरो लाग्ने अवधि पनि लम्बिँदै गएको स्थानीय बताउँछन्।