काठमाडौं उपत्यकामा थपिए ३१८ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ३१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै, काठमाडौंमा २५० जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार भक्तपुरमा ३४ र ललितपुरमा पनि ३४ जना संक्रमित थपिएका छन्।
यस्तै, सोही अवधिमा देशभर ६ हजार ५५९ नमूनाको पीसीआर परीक्षण गरिएकोमा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ। यस्तै, अहिलेसम्म १८ लाख ९० हजार ७४० नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने ७ हजार ५१५ रहेको छ।
यस्तै, सोही अवधिमा ९५२ जना संक्रमित निको भएका छन्। जम्मा संक्रमितमध्ये हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ४६ हजार ६६१ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ४०९ जना रहेका छन्।
यस्तै, सोही अवधिमा नेपालमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म मुत्यु हुनेको संख्या १८०३ पुगेको छ।