पूर्वसभामुख महरा नेकपाको स्थायी कमिटी सदस्य
पूर्वसभामुख कृष्णबहादुर महरा नेपाल कम्युनिष्ट (नेकपा) को स्थायी कमिटी सदस्यमा मनोनीत भएका छन्। मंगलबार बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकले महरालाई स्थायी कमिटीमा लैजाने सर्वसम्मत निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
यस्तै, बैठकले नेकपा कैलालीका अध्यक्ष दीर्घ सोडारीमाथि गरिएको कारबाही फुकुवा गर्दै पुरानै जिम्मेवारी सुम्पिने निर्णय पनि गरेको छ।
पार्टी अनुशासनविपरित काम गरेको भन्दै बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षको जिम्मेवारीबाट मुक्त गरेको छ भने वरिष्ठ नेता नेपाललाई अध्यक्ष चयन गरेको छ।
बैठकमा अध्यक्ष दाहालले बिहान बालुवाटारमा भएको बेला पार्टीको आधारिक नभएको र आफूहरूको बैठक नै आधिकारिक भएको बताएका थिए। उनले बालुवाटारको भेला पार्टी चोइट्याउने उद्देश्यले भएको भन्दै सबै नेता, कार्यकर्तालाई एकताको पक्षमा उभिन अपील गरे।
दाहालले दुवै अध्यक्ष (आफू र नेपाल)ले विधानको व्यवस्था अनुसार आलोपालो पार्टी बैठक सञ्चालन गर्ने पनि बताए।