दाहाल–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटायो
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय गरेको छ।
मंगलबार बबरमहलस्थित् कार्की पार्टी प्यालेसमा बसेको यो समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाउने ५ पुसको स्थायी कमिटीको निर्णयलाई अनुमोदन गरेको हो।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार बैठकले ओलीलाई अध्यक्षबाट हटाउनेसहित १३ बुँदे प्रस्ताव पारित गरेको छ। बैठकले प्रतिनिध सभा विघटनको विपक्ष र पार्टी एकताको पक्षमा लाग्न नेता कार्यकर्तालाई अपील गरेको छ।
ओलीलाई अनुशासनात्मक कारबाही गर्दै पार्टीबाट निश्काषन गरिएको हो।
बैठकमा ३१० जना भन्दा बढी केन्द्रीय सदस्य सहभागी भएको दाहाल–नेपाल समूहको दाबी छ।
नेकपामा यसअघि ४४६ सदस्यीय केन्द्रीय कमिटी थियो।