ओली समूहको निर्णय : पार्टी महाधिवेशन २ मंसीर २०७८ मा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको बैठकले आगामी मंसीरमा महाधिवेशन गर्ने गरी मिति तोकेको छ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले २ मंसीर २०७८ मा महाधिवेशन गर्ने निर्णय भएको आजै प्रवक्ता जिम्मेवारी पाएका प्रदीपकुमार ज्ञवालीले बताए।
उनका अनुसार आज महाधिवेशनको मिति तोक्दै महाधिवेशन आयोजक कमिटी बनाइएको हो। महाधिवेशन आयोजक कमिटीको बैठक पर्सि ९ पुसमा बोलाइएको छ।
बैठकमा ओलीले एक हजार ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरे।
उनले अहिलेको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना थप गरेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन। बाँकी १९७ सदस्य पछि थप गर्ने जनाइएको छ।