दाहाल र नेपाल पक्षको बैठकको वैधानिकता छैनः प्रदीप ज्ञवाली
नेकपा अध्यक्ष केपी ओली समूहको प्रवक्ताको जिम्मेवारी पाएका नेता प्रदीप ज्ञवालीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपाल समूहले बोलाएको कुनै पनि बैठकको वैधानिकता नभएको बताएका छन्।
बालुवाटारमा भएको ओली पक्षको केन्द्रीय कमिटी बैठकपछि ज्ञवालीले यस्तो दाबी गरेका हुन्। उनले पार्टीको बैठक बोलाउने महासचिव र अध्यक्षता गर्ने काम अध्यक्षको हुने भन्दै पार्टीको आधिकारिक मान्युट अर्को पक्षले गर्न नसक्ने बताए। उनले दाहाल र नेपाल पक्षको बैठकलाई ‘साथीभाइहरुबीचको छलफल’को संज्ञा दिए।
केन्द्रीय समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै ज्ञवालीले नेकपा विघटन नभएको र प्रतिनिधिसभा मात्र विघटन भएको बताए। उनले लोकतान्त्रिक दलहरु निर्वाचनबाट नडराउने उल्लेख गर्दै निर्वाचनमा नगएर दलहरु आन्दोलनमा जान्छन् भन्ने कुनै विश्वास नभएको उल्लेख गरे।