जीवनभर स्वस्थ हुने कि स्वादमा रमाउने ?
मोटो मानिसमा कोरोना संक्रमणको जोखिम धेरै हुने विभिन्न अनुसन्धानले देखाएका छन्। खानपिनमा ध्यान पुर्याए जीउ घट्न सक्ने अनेक उदाहरण छन्। त्यसैले जीवनभर स्वस्थ भएर बाँच्ने कि स्वादमा मात्र रमाउने चाहिँ आफैँ विचार गर्ने हो।
झण्डै दुई वर्षअघि एक जना पत्रकारलाई भेटेपछि मैले भनेको थिएँ, “तपाईंभन्दा अघि त तपाईंको भुँडी हिँड्दो रहेछ। कम्मर पनि कमरा (कोठा) भएछ, यस्तो त स्वास्थ्यलाई खतरा हुन्छ है।” उनले आफू तौल घटाउने कोशिसमा लागेको बताएका थिए।
त्यसको एक वर्षपछि भेट्दा भुँडी त स्याप्पै घटेछ। उनको उमेर नै ५–७ वर्ष कम भएजस्तो देखिन्थ्यो। उनले योग र हिँडाइ तथा खानामा नियन्त्रण गरेर १५ किलो तौल घटाएछन्। “मोटाउन त त सजिलो हँुदो रहेछ। तर, एकचोटी बोसो लागेपछि त्यसलाई निकाल्न पो समस्या रहेछ त”, उनले अनुभव सुनाए।
त्यसैगरी पारु श्रेष्ठ (३५) विवाहअघि ५६ किलो थिइन्। एक बच्चा पाएपछि चाकु, घिउ, मासु, अण्डा आदिले गर्दा उनको जिउ पैmलिंदै गयो। उनका बुबा ३० वर्ष नपुदै मधुमेहले बित्नु भएको थियो। आमा र बहिनी दुवै मधुमेहको औषधि गरिरहेकाले उनलाई पनि समस्या हुन सक्ने बताएकी थिएँ।
“मलाई एकदम भोक लाग्छ। फेरि चकलेट देखेपछि त मन नै थाम्न सक्दिन। मेरो अफिसको दराजमा पनि थरी थरीका चकलेट छन्। यताउती ग¥यो हात त्यसैमा जान्छ,” उनले भनेकी थिइन्। उनी एक अन्तराष्ट्रिय संस्थामा काम गर्थिन्।
केही दिनपछि पारुले मलाई खुशी हुँदै सुनाइन्, “मलाई तौल कम गराउने संस्थाले बोलाएको छ। उनीहरुले ४० हजार रुपैयाँमा नै ग्यारेन्टीका साथ तौल कम गराउँछन् रे। त्यो पनि दुई हप्तामा।” उनीहरुले खानेकुराको सूची र औषधि पनि दिने बताइन्।
मैले भनें, “पारुजी, त्यसरी ग्यारेन्टीका साथ तौल कम गर्नेे कुनै औषधी छैन, जसले जादुको छडीले भैंm तपाईको तौल कम गराओस्। त्यसरी औषधि प्रयोग गरेर तौल घट्ने भए त अमेरिकाका त्यतिका मानिसले घटाउँथे होलान् नि!” मैले उनलाई बरु खानेकुरा कम गर्न सुझाव दिएँ। कोदो, फापर, गहुँको च्याँखला मात्र खान सुझाएँ। नियमित व्यायाम गर्न पनि सल्लाह दिएँ। अनि एक दिन घरैमा बोलाएर कोदो र फापर स्वादिष्ट तरिकाले बनाएर खान सिकाएँ।
त्यसपछि उनले आफ्नो खानेबानी परिवर्तन गरिन्। कोदो र फापरको रोटी खान थालिन्। हरियो तरकारी र टुसा उमारेको गेडागुडी अफिस लैजान थालिन्। बिहान नियमित व्यायाम गर्न थालिन्। दुई महिनापछि उनको तौल पाँच किलो कम भयो। उनको अनुहारको छालामा पनि चमक आयो।
कतिपय मानिसहरु खाना र बियरबाट हुने मोटोपनका कारणले हुने उच्च रक्तचाप सिकार भएका छन्। उच्च रक्तचापले पक्षघात नै भएपछि पनि रक्सी, मासु र तेल हालेको खाना खान छोड्दैनन्। वास्तवमा जिब्रोलाई तह लाउन नसक्नु भनेको बिस्तारै आत्महत्या गरे बराबर हो।
अर्को ६ महिनामा त उनको तौल १० किलो कम भयो। ७५ किलो कि पारु ६० मा झरिन्। अनि एक भेटमा उनले भनिन्, “तपाईले मेरो ४० हजार रुपैयाँ त बचाइदिनुभयो नै जीवनभरको ज्ञान पनि दिनु भयो।”
मानिसहरुलाई मोटोपनबाट छुटकारा पाउन प्रायः निकै गाह्रो हुन्छ। किनभने खाना खाएर, मज्जासँग सुतेर, तेल र मसला हालेको मासुसँग बियर पिएपछि तौल बढ्छ नै। एकपटक तौल बढेपछि घटनाउन गाह्रो हुन्छ। किनभने मासु, तारेको खानेकुरा र गुलियोको स्वाद जिब्रोमा यसरी बसेको हुन्छ कि त्यसको अगाडि पछि हुने दुःखाइ पनि बिर्सिन्छ।
मेरा एकजना मित्रलाई ‘गाउट’ छ। वेला वेला उनलाई यस्तो दुःख्छ कि घुँडामा हात राखेर खुट्टा खोच्याउँदै हिँड्छन्। तर, बियर देखेपछि पिउन मन लागिहाल्छ। “सात आठ दिन नपिएपछि दुखाइ कम हुन्छ, अनि त बियरले तानीहाल्छ”, उनी भन्छन्।
कतिपय मानिसहरु खाना र बियरबाट हुने मोटोपनका कारणले हुने उच्च रक्तचाप सिकार भएका छन्। उच्च रक्तचापले पक्षघात नै भएपछि पनि रक्सी, मासु र तेल हालेको खाना खान छोड्दैनन्। वास्तवमा जिब्रोलाई तह लाउन नसक्नु भनेको बिस्तारै आत्महत्या गरे बराबर हो।
पहिलोपटक मेरो घरमा आउँदा शीला ८० किलोकी थिइन्। घुँडा दुख्ने समस्या शुरु भइसकेको थियो। उनी घुँडा दुख्नेले गर्ने योगासन जान्न चाहन्थिन्। मैले उनलाई भनेकी थिएँ, “योगासन र व्यायामले तिमीलाई फाइदा त गर्छ, तर तिम्रो खानेकुरा र बानी पनि परिवर्तत गर्नुपर्छ।”
मैले कोदो र फापरको रोटी र सुप बनाएर खान दिएँ। अनि त्यस्तै खाना घरमा पनि खान भनेँ। उनको जवाफ थियो, “यस्तो कोदो र फापर त हाम्रो घरमा कुकुरले पो खान्छ।” उनको कुराले हाँस त उठ्यो तर, दुःख पनि लाग्यो।
उनको तौल दुई वर्षसम्म पनि घटेको छैन। अहिले त उच्च रक्तचाप पनि शुरु भइसकेको छ। घुँडाको दुखाइले धेरै हिँड्न सक्दिनन्। हिँड्दा घ्याम्पो नै हिँडेजस्तो देखिन्छिन्। तर उनलाई खानाको विषयमा चाँही मैले भन्न छोडिसकेको छु। किनभने जबसम्म कसैलाई मनबाट नै तौल घटाउँछु भनेर लागेको छैन भने जति ‘भाषण’ दिए पनि फाइदा छैन।
मध्यम वर्गीय शहरी परिवारमा मात्र होइन गाउँका मानिसहरुमा पनि चाउचाउ, चिप्स आदिले गर्दा मोटोपनको समस्या आउन थालेको छ। यो समस्याले जीवनको धेरै क्षेत्रमा प्रभाव पार्छ। स्वास्थ्य त चौपट नै हुन्छ। तर, पनि जिब्रोको स्वाद रोक्न किन नसकेको होला?