बालुवाटार भेलामा ओलीले गरे १,१९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने घोषणा
नेकपाका अध्यक्ष केपी शर्मा ओलीले एक हजार ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्।
बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकमा उनले अहिलेको ४४६ सदस्यीय केन्द्रीय कमिटिमा ५५६ जना थप गरेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन। बाँकी १९७ सदस्य पछि थप गर्ने जनाइएको छ।