प्रतिनिधि सभाको बैठक बोलाउन माग गर्ने दाहाल-नेपाल समूहको निर्णय
विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूको भेलाले प्रतिनिधि सभाको बैठक बोलाउन माग गरेको छ।
आज बानेश्वरमा सम्पन्न भेलाले नेपालको संविधानमा भएको प्रतिनिधि सभा विघटन गर्न नसकिने स्पष्ट व्यवस्थाको विपरीत प्रधानमन्त्रीले जनमतको अपमान हुने गरी गरेको विघटनको सिफारिसलाई संविधानको संरक्षण गर्नुपर्ने राष्ट्रपतिले समेत सदर गरेपछि उनको कदमको समेत विरोध र अस्वीकार गरेको छ।
त्यसैगरी, भेलाले प्रधानमन्त्रीको कदमका कारण उत्पन्न परिस्थितिकाबीच कम्युनिष्ट पार्टीको भविष्य रक्षा गर्न दृढतापूर्वक अघि बढ्ने संकल्प गरेको छ। भेलाले विघटनको विरुद्ध उभिन अन्य राजनीतिक दल तथा पार्टीका नेता कार्यकर्तालाई आग्रह समेत गरेको छ।