ओलीले पनि बोलाए केन्द्रीय कमिटी बैठक
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पनि भोलि, मंगलबार केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन्।
केन्द्रीय कार्यालयबाट केहीबेर अघि सबै केन्द्रीय सदस्यहरूलाई मेसेज पठाइएको छ।
बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने गरी सबै केन्द्रीय सदस्यहरूलाई सूचना पठाइएको पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए।
समसामयिक विषयमा छलफलका लागि बैठक बस्ने सूचना आएको कन्द्रीय सदस्य गोमा देवकोटाले बताइन्।
यसअघि आइतबार प्रधानमन्त्री अनुपस्थित भएको स्थायी कमिटीको बैठकले पनि भोलि दिउँसो १ बजेका लागि बैठक बोलाएको थियो।