श्रीराम सुगर मिल्सले किसानकोे २५ करोड भुक्तानी गर्यो
रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सले ऊखु किसानको भुक्तानी गर्न रु.२५ करोड भुक्तानी गरेको जानकारी दिएको छ। सुगर मिल्सले दुई चरणमा गरी किसाको खातामा रु.२५ करोड ३० लाख २७ हजार ५२६ पठाएको उल्लेख छ।
उद्योगले ३ पुस २०७७ मा रु.१६ करोड ४४ लाख ७० हजार ००७ र ५ पुसमा थप रु.८ करोड ८५ लाख ५७ हजार ५१९ भुक्तानीका लागि उखु किसानहरुको खाता रहेको ब्यांकमा पठाएको छ।
यो रकम ब्यांकले किसानहरुको खातामा जम्मा गर्न थालिसकेको श्रीराम सुगर मिल्सले जानकारी दिएको छ। बाँकी बक्यौताको हकमा प्रत्येक दिन क्रमशः भुक्तानी गर्दै जाने श्रीराम सुगर मिल्सले ६ पुस प्रेसमा विज्ञप्तिमार्फत जानकारी दिएको छ।