प्रधानमन्त्रीको कदमको विरोध गर्ने १६ जना सिंहदरबार दक्षिण ढोकाबाट पक्राउ (तस्वीरहरु)
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोधमा प्रदर्शन गर्ने मानवअधिकार तथा शान्ति समाजका १६ जनालाई प्रहरी पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीलगायत छन्।
उता माइतिघरमा विवेकशील साझा पार्टीले प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरुले प्लेकार्ड प्रदर्शन गर्नुका साथै प्रधानमन्त्री ओलीको कदमविरुद्ध नाराबाजी गरेका छन्।