ब्याङ्किङ कसुरमा महालक्ष्मी ब्याङ्कका प्रबन्धकसहित तीन जना पक्राउ
ब्याङ्किङ कसुर मुद्दामा ऋणी र महालक्ष्मी ब्याङ्कका शाखा प्रबन्धकसहितका व्यक्ति संलग्न रहेको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महालक्ष्मी विकास बैंकका विभिन्न शाखा प्रबन्धक र पूर्वप्रबन्धकलाई आइतबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–९ गौशाला बस्ने ब्याङ्कका तत्कालीन शाखा प्रबन्धक स्मृति राना, कास्कीको पोखरा घर भई चन्द्रागिरि बस्ने शाखा प्रबन्धक पिङ्कु पालिखे र मोरङको विराटनगर घर भई ललितपुर बस्ने शाखा प्रबन्धक अनिशसिंह सिँजापति रहेको ब्यूरोले जनाएको छ।
उनीहरुले ऋणीसँगको मिलेमतोमा कम तौलका सुनका गरगहना बढी तौलको देखाई अत्यधिक मूल्याङ्कन गरेर बढी ऋण दिएको र हालसम्म सावाँब्याज नतिरेको खुल्न आएको ब्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। उनीहरुले ब्याङ्कलाई रु.७ करोड ४२ लाख ६१ हजार नोक्सानी पु¥याएको जनाइएको छ।
ब्याङ्कििङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम ब्याङ्कििङ कसुर मुद्दाको अनुसन्धानका सिलसिलामा ऋणीहरुलाई गत २६ मङ्सिरमा नै पक्राउ गरिएको थियो। पक्राउ पर्ने ऋणीमा खोटाङका पूर्ण राई, देवानन्द राई र धनकुटाका सन्दीप लिम्बू रहेको प्रहरीले जनाएको छ।