कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार ७ पुस मंगलबारका लागि कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई बैठकमा उपस्थितिका लागि अनुरोध गरेको छ। बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ।
यसैबीच, प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघठनप्रति जनता समाजवादी पार्टी नेपालले निन्दा गरेको।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै असंवैधानिक र अलोकतान्त्रिक कदमको जोडदार विरोध गरेको उल्लेख गरिएको छ।
‘प्रतिनिधि सभा विघठन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार हो, यो अधिनायकवाद र निरंकुशताको पराकाष्ठा रहेको हाम्रो ठहर छ”, विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्रीको यो कदकाे प्रतिवाद गर्न जसपाले सबैलाई आग्रह गरेको छ।